२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाद्वारा अपांगमैत्री शौचालय हस्तान्तरण

अ+ अ-

रोल्पा । नेपाली सेनाको खड्ग दल गण, रोल्पाले तारा मावि, वामरुकलाई नवनिर्मित अपांगमैत्री शौचालय हस्तान्तरण गरेको छ ।

बिहीबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा सेनाका मध्यपश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले शौचालयको चाबी विद्यालयका प्रधानाध्यापक ओविलाल महरालाई हस्तान्तरण गरेका हुन् ।

गणका सैनिकले श्रमदान गरी निर्माण गरेको सो आधुनिक शौचालयमा तीन वटा कोठा छन् । शौचालय निर्माणपछि विद्यालयमा अध्ययनरत अपांग बालबालिका लाभान्वित हुने प्रधानाध्यापक महराले बताए ।

सदरमुकाम नजिक रहेपनि भौतिक पूर्वाधारको समस्या भोग्दै आएको सो विद्यालयले सेनाको सहयोगमा निर्मित शौचालयबाट केही राहत पुग्ने अभिभावकले बताएका छन् ।

शौचालय निर्माणमा सेनाको श्रमदानसहित करीब साढे पाँच लाख खर्च भएको खडग दल गणका गणपति अजय गुरुङले जानकारी दिए । खड्गदल गण रोल्पाले जिल्लावासीको सहकार्यमा थुप्रै विकास निर्माणका काममा सहयोग गरिरहेको बताइएको छ । रासस

0 Comments