डडेल्धुरामा जबर्जस्ती करणीका घटनामा कमी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डडेल्धुरामा जबर्जस्ती करणीका घटनामा कमी


२३ चैत्र २०७४, शुक्रबार


डडेल्धुरा । देशका अन्य जिल्लामा जबर्जस्ती करणीका घटनामा वृद्धि भइरहेका बेला डडेल्धुरामा भने कमी आएको छ ।

देशका अन्य जिल्लाका तुलनामा डडेल्धुरामा जबर्जस्तीका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकले देखाएको छ । चालू आर्थिक वषर्मा नौ महिनाको अवधिमा जबर्जस्ती करणीका तीनवटा मुद्दा मात्रै दर्ता भएका छन् भने आव २०७२/०७३ मा चार, आव २०७१/०७२ मा छ जबर्जस्तीका घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले जगाएको जनचेतनाका साथै प्रहरीको सक्रियताका कारणले जबर्जस्ती करणीका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

प्रहरीको तथ्यांकअनुसार जबर्जस्तीका घटना शहरी क्षेत्रभन्दा पनि ग्रामीण क्षेत्रमा मात्रै भएका छन् । यसैगरी, जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले तीन महिनामा जिल्लाका सातवटै स्थानीय तहमा जबर्जस्ती करणीका घटना नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले एक कार्यक्रमको आयोजना गरी जबर्जस्ती करणीका घटनालाई न्यूनीकरण गर्नका लागि तीनमहिने कार्ययोजनासमेत बनाएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस