नाति हृदयन्द्रलाई लिएर पूर्वराजा ज्ञानेन्द्र धरानमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नाति हृदयन्द्रलाई लिएर पूर्वराजा ज्ञानेन्द्र धरानमा


२२ चैत्र २०७४, बिहिबार


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नाति ह्दयेन्द्रलाई लिएर बिहीबार धरान पुगेका छन् ।

धरान–१४ विजयपुरस्थित शक्तिपीठ दन्तकाली मन्दिरमा दर्शन र पूजा गरेका पूर्वराजा शाहले बुढासुब्बा र पिण्डेश्वर बाबाधाम पनि दर्शन गरेका छन् ।

औपचारिक कार्यक्रम तथा पूर्व सूचनाविना नै धरान पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई हेर्न सर्वसाधारणको भीड लागेको थियो । उनका समर्थक तथा राजावादीहरुले ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस