छ लाख बढी रकम सहित १४ जना जुवाडे पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

छ लाख बढी रकम सहित १४ जना जुवाडे पक्राउ


२२ चैत्र २०७४, बिहिबार


काठमाडौं । गोकर्णेश्वर नगरपालीका वडा नं. ६ स्थित पूर्ण लामाको घरमा जुवातास खेलिरहेका १४ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई महानगरिय प्रहरी कार्यालय रानिपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त प्रहरी टोलिले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपालचोक घर भई हाल गोकर्णेश्वर नगरपालीका वडा नं। ६ वस्ने पूर्ण लामा, अर्जुन आचार्य, दावा शेर्पा, फुर्वा शेर्पा, दावा शेर्पा, चेना शेर्पा, वहादुर तामाङ्ग, कृष्णा तामाङ्ग, दौलत सिंह लामा, विक्रम लामा, निशान लामा रहेका छन् । उनीहरुको साथबाट छ लाख, चालिस हजार, तीन सय चालिस रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै गोगंवु ईलाका र वसपार्क ईलाकामा रहेका होटेलहरुमा जुवातास खेलाइन्छ भन्ने सूचनाका आधारमा महानगरीय परिसर काठमाडौंले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सिन्धुली रिमिक्स गेष्ट हाउसको दोश्रो तलाको २०१ नं। कोठामा तास खेलिरहेको अवस्थामा होटेल सञ्चालक प्रेम बहादुर माझी, दोलखा जिरी घर भई हाल काठमाडौं माछापोखरी बस्ने पेम्बा शेर्पा र गुल्मी चारपाला गाउँपालिका–३ घर भई हाल काठमाडौं मित्रनगर बस्ने लक्ष्मण पौडेल रहेका छन् ।

उनीहरुको साथबाट ५१ हजार ६ सय नेपाली, २ सय ८५ साउदी रियल, ३ सय भारतिय रुपैयाँ, र एक युएस डलर बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस