चार कम्युनिष्ट पार्टीले घोषणा गरे आन्दोलनका कार्यक्रम (विज्ञप्तिसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चार कम्युनिष्ट पार्टीले घोषणा गरे आन्दोलनका कार्यक्रम (विज्ञप्तिसहित)


२२ चैत्र २०७४, बिहिबार


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन बैद्य, ऋषिराम कट्टेल र मोहन विक्रमसिंह नेतृत्वका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

चैत २१ गते (बुधबार) बसेको बैठकले संयुक्त आन्दोलन गर्ने निर्णय गरेका हुन् ।

बुधबार चारै पार्टीले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा यसअघि नेपाल भारतबीच भएका असमान सन्धी सम्झौताको कार्यन्वयन गर्ने सरकारको तयारीको विरोध गर्ने, चैत २४ गते दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रो परियोजनाको दिल्लीबाट संयुक्र रुपमा उद्घाटन गर्ने निर्णयको विरोध स्वरुप सोही दिन काठमाडौंमा विरोध प्रदर्शन गर्ने र बैशाख ३ गते चारवटै पार्टीले अन्तरक्रिया गर्ने निर्णय गरेको जनाएका छन् ।

हेर्नुहोस् बिज्ञप्ति सहित :

 

प्रतिक्रिया दिनुहोस