आगलागीबाट चालीस लाखको क्षति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आगलागीबाट चालीस लाखको क्षति


२२ चैत्र २०७४, बिहिबार


आगलागी

विराटनगर । मोरङको रङ्गेली–८ मा गए राति आगलागी हुँदा दुई परिवारको ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

सो वडाको झमनपुर बस्ने सेरु मियाँ र उनको भाइ बच्चु मियाँको टिनको छानो भएको दुईतले घरभित्र राखिएका सरसमान जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उक्त आगलागी विद्युत् सर्टबाट भएको बताइएको छ । स्थानीय जनता, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस