इन्टेग्रिटी आइडल नेपालद्वारा २०१८ मनोनयन खुला « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

इन्टेग्रिटी आइडल नेपालद्वारा २०१८ मनोनयन खुला


२० चैत्र २०७४, मंगलबार


इन्टेग्रिटी आइडल

काठमाडौं । इन्टेग्रिटी आइडल २०१८ का लागि मनोनयन खुला गरिएको छ । सरकारी सेवा (निजामति÷शिक्षा) मा रहेर कुसलतापूर्वक काम गर्ने कर्मचारीलाई एकाउन्ट्याविलिटी ल्याबले सन् २०१४ देखि उक्त अवार्ड प्रदान गर्दै आएको छ ।

नेपालको सरकारी संयन्त्रभित्र सकारात्मक मनोवृति र अभ्यासको खोजी गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिदै आएको एकाउन्टबिलिटी ल्याब नेपालकी संयोजक अस्मिता शर्माले बताएकी छन् ।

शर्माका अनुसार, प्रतियोगितामा सहभागि हुनका लागि मनोनयन फारम इन्टेग्रिटी आइडलको वेवसाईट www.integrityidol.org/countries/nepal/ बाट डाउनलोड गरेर भर्न सकिने छ भने [email protected] मा ईमेल गरेर पनि पठाउन सकिने छ । प्रतियोगिहरुले २०७५ वैशाख ३१ गते भित्र मनोनयन दर्ता गरिसक्नु पर्ने जनाइएको छ ।

प्राप्तम नोनयन मध्ये विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायको संयोजनकत्वमा चार सदसीय निर्णायक समिति गठन गरिने र उक्त समितिले सुक्ष्म अध्ययन अनुसन्धान गरी अन्तिम पाँच जनाको छनोट गर्ने आयोजकले जनाएको छ । अन्तिम पाँच प्रतिस्पर्धि मध्येबाट पनि सर्वोत्कृष्ट अर्थात् इन्टेग्रिटी आइडलको छनोट भने एसएमएस र वेभसाईटबाट प्राप्त जनमतको आधारमा गरिने शर्माले बताइन् ।

नेपालबाट सुरु भएको यो अभियान लाईबेरिया, पाकिस्तान, मालि, दक्षिण अफ्रिका, नाइजेरिया लगायतका देशमा विस्तार भैसकेको र फिलिपिन्स, श्रीलंका लगायतका देशहरूमा सुरु हुने प्रकृयामा रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस