बोक्सीको आरोपमा कुटपिट गर्ने पुर्पक्षमा « प्रशासन
Logo ३० चैत्र २०८०, शुक्रबार
   

बोक्सीको आरोपमा कुटपिट गर्ने पुर्पक्षमा


२० चैत्र २०७४, मंगलबार


धनगढी । कैलाली जिल्ला, घोडाघोडी नगरपालिकामा बोक्सीको आरोप लगाई स्थानीयवासी एक महिलालाई कुटपिट गरिएको घटनामा संलग्न छ जनालाई जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि आज कारागार पठाइएको छ ।

घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते कुटपिट गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने भनिएका किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् । पीडित राधा भने सेती अञ्चल अस्पतालमा स्वास्थ्योपचारपछि केही दिनअघि घर फर्किसकेकी छन् । रासस

प्रतिक्रिया दिनुहोस