२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकालीमा पुल निर्माणको काम तीव्र

अ+ अ-

कञ्चनपुर । महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ ।

पुल निर्माणका लागि दुई साताअघि इटलीबाट आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपु¥याइएको छ । उक्त मेशिन ल्याइएसँगै पुल निर्माणको कामले गति लिएको हो ।

‘मेशिन ल्याउन छ महिनाभन्दा बढी समय लाग्यो,’ पुल निर्माणस्थलमा भेटिएका कुमार श्रेष्ठ निर्माण सेवाका इन्जिनियर किशोरराज पाण्डेयले भने, ‘अब निर्माणको काम धमाधम अगाडि बढ्छ ।’ हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा पुगेसँगै दुई वटा पाइल गाड्ने काम सम्पन्न भएको छ । पुल निर्माणका लागि यस्ता ४०८ वटा पाइल निर्माण गरिने छन् ।

भीमदत्त नगरपालिका–१२ ओदालीमा महाकाली नदीमा बन्न लागेको उक्त पुल निर्माणको जिम्मा कुमार सिएसइसी जेभीले लिएको छ । पुल निर्माण हुन लागेको सो ठाउँमा महाकाली नदीको चौडाइ दुई किलोमिटर रहेको छ । त्यसको ८०० मिटर क्षेत्रमा मात्र पक्की पुल निर्माण गरिँदैछ । सो ठाउँमा आठ/आठ सय मिटर लम्बाइका चार लेनका दुई वटा पुल निर्माण हुँदैछन् ।

‘महाकाली वारि र पारि ६०० मिटर लम्बाइका दुईवटा पक्की पुल निर्माण गरिने छन्’, इन्जिनियर पाण्डेयले भने, ‘पुल निर्माणस्थलमा पर्यटकलाई आकर्षित गर्न पोखरी र वनभोजस्थल निर्माण गर्ने योजना छ ।’

अहिले पक्की पुल निर्माण हुन लागेको ठाउँदेखि दोधारा–चाँदनीको झोलुङ्गे पुल अढाइ किलोमिटर दक्षिणतर्फ पर्छ । पक्की पुल निर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नेछ । पक्की पुल नहुँदा सवारी साधन ओहोरदोहोर गर्न समस्या हुँदै आएको थियो । ‘पक्की पुलले दोधारा–चाँदनीका करिब ५० हजार बासिन्दालाई सदरमुकाम महेन्द्रनगरसँग जोड्नेछ,’ इन्जिनियर पाण्डेयले भने, ‘स्थानीय उत्पादनले सहजै बजार पाउनेछ ।’

इन्जिनियर पाण्डेयका अनुसार गड्डाचौकीदेखि ओदालीसम्मको मार्गमा चार वटा पक्की पुल निर्माणको काम अगाडि बढेको छ । भुजेला र गड्डाचौकीमा तीस÷तीस मिटर लम्बाइका चारवटा पुल निर्माण भइरहेका छन् । यस्तै नदीको दोधारा–चाँदनीतर्फ तीनवटा स्पर निर्माणको काम सम्पन्न हुँदैछ ।

निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन तीव्र पारेको छ । निर्माणस्थल छेउमा क्रसर जडान, कामदारका लागि आवास, कार्यालय स्थापनासँगै बालुवा, ढुंगा र गिट्टी संकलन गरिएको छ ।

गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्गलाई पुल निर्माणस्थल ओदालीसँग चार लेनको सात किलोमिटर पक्की सडकले जोड्ने योजना रहेको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका प्रमुख प्रदीप भण्डारीले जानकारी दिए ।

‘सडक सर्वेको काम सकिएको छ, जग्गा मुआब्जा निर्धारणको काम बाँकी छ,’ योजना प्रमुख भण्डारीले भने, ‘जग्गा मुआब्जाबारे बिहीबार छलफल गरिँदैछ ।’ जग्गा मुआब्जाका लागि चालू आवमा १० करोड विनियोजन गरेको छ । मुआब्जा वितरणपछि सडक निर्माणले गति लिनेछ । पुल निर्माणका लागि करीब दुई लाख घनमिटर ढुंगा, बालुवा र गिट्टी आवश्यक पर्छ भने अहिलेसम्म करीब एक लाख घनमिटर संकलन गरिएको छ ।

दोधारा–चाँदनीतर्फ चार लेनको डेढ किलोमिटर सडक निर्माण गरिनेछ । पुलका लागि चालू आवमा ५५ करोड विनियोजन गरिएको भण्डारीले बताए ।

महाकालीमा बन्ने पुलको लागत तीन अर्ब २७ करोड ९३ लाख ३४ हजार रहेको छ । पुल निर्माण गर्न तीन वर्ष लाग्नेछ । गत भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुलको शिलान्यास गरेका थिए ।

पुल निर्माणपछि कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुनेछ । अहिले सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको छ । केही दिनअघि नेपाल–भारतको संयुक्त प्राविधिक टोलीले सुख्खा बन्दरगाह निर्माणस्थलको अनुगमनसमेत गरिसकेको छ ।

विसं २०६० अघि महाकालीमा झोलुङ्गे पुलसमेत थिएन । दोधारा–चाँदनीका बासिन्दालाई आफ्नै देशका विभिन्न ठाउँसँगको सम्पर्क गर्न सकस हुने गरेको थियो ।

दोधारा–चाँदनी हरेक विकासका गतिविधिबाट टाढा थियो । विसं २०६१ मा महाकालीमा झोलुङ्गे पुल बनेसँगै यहाँका बासिन्दालाई आवागमनमा सहजता मिलेको हो । पक्की पुल बनेपछि भारतसितको परनिर्भरता घट्ने दोधारा–चाँदनीका बासिन्दा बताउँछन् ।

0 Comments