गुरुङको उपचारमा पार्टीले आवश्यक सहयोग गर्छ : अध्यक्ष दाहाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गुरुङको उपचारमा पार्टीले आवश्यक सहयोग गर्छ : अध्यक्ष दाहाल


१८ चैत्र २०७४, आइतबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद पत्नी पार्वती गुरुङको स्वास्थ्य उपचारमा पार्टीले आवश्यक सहयोग गर्ने बताएका छन् ।

मिर्गौला र श्वासप्रश्वासको समस्याबाट पीडित भई विगत एक सातादेखि नर्भिक अस्पतालमा उपचाररत गुरुङको आज नर्भिक अस्पतालमा पुगी अध्यक्ष दाहालले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

सो क्रममा अध्यक्ष दाहालले चिकित्सकसँग गुरुङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले बिरामीका छोरा सुरेन्द्र गुरुङलाई भेटी आमाको स्वास्थ्य उपचारमा कुनै समस्या परे पार्टीलाई जानकारी गराउन आग्रह गरे ।

चितवन शारदानगर निवासी गुरुङका पति डम्बर गुरुङको २०५९ कात्तिक २५ गते चितवनको चण्डिभञ्ज्याङमा निधन भएको थियो । उनी तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ को शहीदका रुपमा माओवादी केन्द्रले सम्मान दिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस