आर्थिक गणनाका लागि गणक तयार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आर्थिक गणनाका लागि गणक तयार


१८ चैत्र २०७४, आइतबार


चितवन । यही वैशाख १ गतेबाट नेपालमा पहिलो पटक हुन लागेको आर्थिक गणनाका लागि गणक छनोट प्रक्रिया सम्पन्न भएको छ ।

जिल्ला तथ्यांक कार्यालयका प्रमुख जीवनाथ आचार्यका अनुसार ८२ गणक छनोट भइसकेका र १२ सुपरीवेक्षक अन्य कार्यालयबाट काजमा झिकाइँदै छ ।

गणक र सुपरीवेक्षकलाई यही चैत २१ गतेबाट तालीम दिने र तालीमपछि जेठ मसान्तसम्ममा आर्थिक क्रियाकलाप हुने ठूला औद्योगिक प्रतिष्ठानदेखि फुटपाथमा व्यापार गर्नेसम्मलाई गणनामा समावेश गरिँदै छ । मासिक आम्दानी, खर्च, रोजगारीको अवस्था, दर्ता लगायतका विषयमा गणकहरुले जानकारी लिनेछन् । यसबाट देशको कूल ग्रार्हस्थ उत्पादन, कुन क्षेत्रको कस्तो छ र कस्तो योगदान दिइरहेको छ, भन्ने विषयमा प्रस्ष्ट हुने उनले बताउए ।

कार्यालयले सबैलाई गणना कार्यमा सहयोग पु¥याउन आग्रह पनि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस