क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग


१८ चैत्र २०७४, आइतबार


मोरङ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहेका मोरङ उर्लाबारीका युवाले क्यान्सरपीडित पार्वती लिम्बूको उपचारका लागि सहयोग गरेका छन् । स्थानीय समाजसेवी तेजन खड्काले पीडित उर्लाबारी–९ खोपीडाँडाकी ५० वर्षीया लिम्बूकी छोरी रेनुकालाई दुई लाख ८० हजार ८८८ नगद प्रदान गरे।

समाजसेवी खड्काका अनुसार सहयोग रकम हङकङकमा कार्यरत याम लिम्बूको पहलमा दुई लाख र मकाउमा कार्यरत गीता मगरको पहलमा ८० हजार ८८८ संकलन भएको थियो । गीताले आफूले सहयोग गर्न आग्रह गर्दा बिरामीको उपचारमा सहयोग गर्ने सबैमा धन्यवाद दिएकी छन् छ । पार्वतीको उपचार भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस