स्थानीय तह प्रमुखविहीन ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्थानीय तह प्रमुखविहीन !


प्रशासन विशेष ब्युरो

१८ चैत्र २०७४, आइतबार


झन्डै एक वर्षअघि स्थानीय सरकार बने पनि कतिपय स्थानीय तह अझै पनि प्रशासनिक प्रमुखविहीन छन् । ६ हजार ७ सय ४३ वडामध्ये ३ हजार ५८ वडामा तत्काल वडा सचिव आवश्यक रहेको संघीय मामिला मन्त्रालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

७ सय ५३ स्थानीय तहमध्ये १ सय ५९ स्थानीय तह प्रशासनिक प्रमुखविहीन छन् । ६ महानगरमध्ये २ वटामा प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ । ९४ वटा नगरपालिकामा प्रशासकीय अधिकृतको दरबन्दी खाली छ ।

९४ मध्ये ६४ उपसचिवको पद रिक्त हुँदा निमित्त अधिकृतले चलाएका छन् । देशभरका ४ सय ६० गाउँपालिकामध्ये ५३ वटामा कार्यकारी अधिकृत छैनन् । ७७ जिल्लाका समन्वय समितिमध्ये ५ वटा प्रमुखविहीन छन् । संघीय मामिलाले खटाएका कर्मचारी भने तोकिएको कार्यालयमा हाजिर भइसकेको शाखाका अधिकृत रवीन्द्रजंग थापाले दाबी गरे । उनले भने, ‘सरुवा भएको ठाउँबाहेक अन्यत्र हाजिर नै गर्न नमिल्ने बनाएपछि सबै कर्मचारी सम्बन्धित ठाउँमा पुगेका छन् ।’

संघीय मामिलाबाहेक अन्य मन्त्रालयसँग समन्वय गरेर ५ सयको हाराहारीमा कर्मचारी स्थानीय तहमा पठाइएको उनले जानकारी दिए । साविकका जिल्ला विकास समिति र स्थानीय निकायमा रहेका कर्मचारीलाई समेत स्थानीय तहमा सरुवा गरिएको छ । उनका अनुसार एक साताभित्र थप ३ हजार कर्मचारी खटाउने तयारी छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस