मासिक ८ हजार डलरमा चिनियाँ पाइलट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मासिक ८ हजार डलरमा चिनियाँ पाइलट


प्रशासन विशेष ब्युरो

१६ चैत्र २०७४, शुक्रबार


काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगम (नेवानि)ले वाई १२ सिरिजका जहाज उडानका लागि तीन चिनियाँ पाइलट ल्याउने भएको छ।

यी जहाज उडाउन मासिक प्रतिपाइलट आठ हजार डलर तबल दिने गरी तीनजना पाइलट ल्याउन लागिएको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जनाकारी दिए।

‘चिनियाँ पाइलट ल्याउने प्रक्रिया लगभग पूरा भइसकेको छ’, कंसारकारले भने, ‘पाइलटसँग दुई पक्षीय सहमतिका लागि पाइलट आपूर्ति गर्ने चिनियाँ एडीआईसी कम्पनीलाई पत्रचार भएको छ।’ एडीसी कम्पनीले विश्वभर नै पाइलट आपूर्ति गर्दै आएको छ। कम्पनीसँग सम्झौता भएर पाइलट आएपछि श्रम विभागबाट स्वीकृति लिई नागरिक उड्डयन प्राधिकरणबाट पनि सहमति लिने कंसाकार बताउँछन्।

पाइलटले मासिक नौ हजार डलर माग गरे पनि दुई पक्षीय सहमतिमा आठ हजारमा आउने निश्चित भएको उनको भनाइ छ। यसअघि पनि नेवानिले एयरबस उडानका लागि विदेशी पाइलट मासिक भाडामा ल्याएको थियो। दुई महिना अगाडि मात्रै चीनबाट ल्याइएका दुई वटा वाई १२ सिरिजका जहाज पाइलट अभावकै कारण विमानस्थलमा ग्राउन्डेड छन्।

नेवानिसँग रहेका चार वटा वाई १२ सिरिजका जहाज उडाउन सक्ने दुई जना मात्रै पाइलट छन्। चार जहाजका लागि दुई मात्रै पाइलट हुँदा नेवानिको वाई १२ सिरिजका जहाजले सेवा दिन सकेको थिएन। नेवानिसँग वाई १२ सिरिजका जहाज उडाउने दुई पाइलटलाई सात जना कोपाइलटले सघाइरहेका छन्। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस