धुलिखेलको शंखु जंगलमा एक जनाको शव फेला « प्रशासन
Logo १२ असार २०७९, आइतबार
   

धुलिखेलको शंखु जंगलमा एक जनाको शव फेला


१५ चैत्र २०७४, बिहिबार


धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२ शंखुस्थित जंगलमा आज एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार आज बिहान वडा नं १२ स्थित पिप्लेतइजे भन्ने जंगलमा घाँस काट्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेको र सो ठाउँमा प्रहरीको टोली पुगेर शवलाई परीक्षणका लागि अस्पताल लगिएको छ । ‘शवको प्रकृति हेर्दा करिब एक हप्ता जति अगाडिको जस्तो देखिन्छ’ प्रहरी निरीक्षक शाहले भने, ‘अन्दाजी ६०/६५ वर्षको पुरुषको शवलाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।’

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस