२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदुवाको मूल्य नपाउँदा किसान मारमा

अ+ अ-

धनगढी । कैलालीको पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको अदुवाले उचित मूल्य पाउन नसकेपछि स्थानीय किसान मारमा छन् ।

मूल्य नपाएपछि उत्पादन भएको अदुवा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको स्थानीय कृषक करन जेठाराले बताउनुभयो । एक वर्षअघिसम्म प्रतिकिलो काँचो अदुवा ६० देखि ७५ को दरले बिक्री गर्न पाएका कृषक यसवर्ष बढीमा प्रतिकिलो २२ मा बिक्री गरिरहेका छन् ।

जिल्लामा उत्पादित अदुवा यसवर्ष भारत निर्यात हुननसकेका कारण मूल्य नपाएको अर्का किसान शेरबहादुर मन्नीले बताए । सुन्तला उत्पादनको पकेटक्षेत्रका रुपमा रहेको साविकको निगाली गाविसमा स्थानीय कृषकले सुन्तलाखेती गरिएको जग्गामा अदुवाखेती गर्ने गरेका छन् ।

सुन्तलाको बोटमुनिको जग्गामा अदुवाखेती गर्न सकिने भएपछि दुवै बालीको खेती गरेर किसानले आम्दानी गर्दैआएका छन् । अदुवाले बजार नपाउँदा समस्या भएको जेठाराले बताए ।

कैलालीसँग जोडिएको डोटीको दक्षिणी भेगका लाना, मान्नाकापडी, सिमचौर, घाँगललगायत क्षेत्रका कृषकको मुख्य आम्दानीको स्रोत अदुवाखेती हो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले नेपालमा उत्पादन हुने अदुवाको बजार भारत मात्र भएको अवस्थामा त्यहाँ ठूलो परिमाणमा अदुवा उत्पादन हुँदा नेपाली अदुवाको माग घटेका कारण समस्या भएको बताए ।

कैलालीको सहजुपुरमा स्थापना गरिएको अदुवा प्रशोधन केन्द्रले ठूलो परिमाणमा अदुवा खरिद गर्न नसक्दा किसानले उत्पादन गरेको अदुवा बिक्री हुनसकेको छैन । जिल्लाको साविक सहजपुर, निगाली र खैराला गाविसका साथै यी गाविससँग सीमा जोडिएको डोटीको बर्छेन, घाँगल, निरौलीलगायत गाविसमा वर्षेनी उत्पादन हुने अदुवामध्ये करीव ८० प्रतिशत परिमाणको काँचो अदुवा भारत निकासी हुने गरेकोमा यसवर्ष निर्यात् हुन सकेको छैन । कैलाली र डोटीमा यसवर्ष झण्डै १२ हजार मेट्रिक टनभन्दा बढी अदुवा उत्पादन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस