प्रदेश नम्बर २ को १०० दिने कार्ययोजनाः स्वच्छता अभियानदेखि वेटी पढाउँ, वेटी वचाउसम्म « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश नम्बर २ को १०० दिने कार्ययोजनाः स्वच्छता अभियानदेखि वेटी पढाउँ, वेटी वचाउसम्म


१३ चैत्र २०७४, मंगलबार


जनकपुर । प्रदेश नम्बर २ ले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै स्वच्छता अभियानदेखि वेटी पढाउँ, वेटी वचाउसम्मका दर्जनौं अभियान चलाउने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै यस क्षेत्रका मुख्यमुख्य मुद्धाहरुलाई समेट्दै मुख्यमन्त्री स्वच्छता अभियान, ‘वेटी पढाऊ, वेटी बचाऊ’ अभियान, एक परिवार एक रोजगार, महिला सुरक्षा डेस्क, सडक योजना लगाएत अभियानहरुको घोषणा गरेका हुन् ।

चुरे संरचनाको छुट्टै नीति ल्याउने, बाढी, आगजनी तथा शितलहर पीडितहरुका लागि सहयोग गर्न मुख्यमन्त्री राहत कोष स्थापना गर्ने कानुनहरुको निर्माण गर्नेसम्मका कार्ययोजनाहरु सार्वजनिक गरेको छ ।

१०० दिने कार्ययोजना

प्रतिक्रिया दिनुहोस