२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलु खेतीबाट समृद्धि खोतल्दै जिमूहाका किसान

अ+ अ-

स्याङ्जा । नगरपालिका–११ जिमूहाका किसानले सामूहिक आलु खेतीका माध्यमबाट आर्थिक समृद्धिको बाटो रोजेका छन् ।

जिमूहा कृषि उपज कृषक सहकारी संस्थामा आवद्ध ५६ जना कृषकले दश रोपनी जग्गामा आलु खेती गरेका हुन् ।

‘स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलु खेतीलाई थप व्यवस्थित बनाउँदै ब्यवसायिकरुपमा अघि बढाउन संस्था दर्ता गरी समूहमार्फत खेती सुरु गरेका हौँ’ – जिमूहा कृषि उपज कृषक सहकारी संस्थाका अध्यक्ष रुमलाल कँडेलले भने ।

व्यक्तिगत रुपमाभन्दा सामूहिकरुपमा व्यवसाय गर्दा सजिलो र उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा समेत महत्वपूर्ण सहयोग पुगेको उनले बताए । आलुका लागि बलौटे दोमट माटो बढी उपयुक्त हुने भएपनि यहाँको माटो चिम्टयाइलो रातो रहेकाले माटोको सुधारका लागि जिल्ला कृषि विकास कार्यालयमा परीक्षणका लागि सिफारिस गरिएको उनले बताए ।

‘दश रोपनी जग्गा भाडामा लिएर हामीले आलु लगाएका थियौँ,’ अध्यक्ष कँडेलले भने, ‘आलु खनिसकिएकाले अब खाली रहेको जग्गामध्ये छ रोपनीमा गोलभेँडा र चार रोपनीमा मकैको बीउ उत्पादन गर्ने तयारीमा छौँ ।’

यही ठाउँमा आँधीखोला पानी उपभोक्ता समूह (आक्वा) अन्तर्गत नमूना नगदे बाली उत्पादन कार्यक्रम र जिमूहा कृषि उपज कृषक सहकारी संस्थाले आलुको बीउ उत्पादन गर्दै आएको छ । नमूना नगदे बाली उत्पादन कार्यक्रम अन्तर्गत यहाँका २७४ जना कृषक आवद्ध छन् भने व्यक्ति÷व्यक्तिको कृयाशिलतामा करिब १०० हेक्टर क्षेत्रफलमा आलु खेती गरेको नमूना नगदे बाली उत्पादन कार्यक्रमका उपाध्यक्ष विष्णु गैह्रेले बताए ।

उनका अनुसार नमूना नगदे बाली उत्पादन कार्यक्रममार्फत राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्र खुमलटार ललितपुरबाट मूल बीउ ल्याई त्यस बीउलाई यहाँको हावापानी र माटो अनुसारको गुणस्तरीय उन्नत बीउ बनाइ लगाउने तथा बीउका रुपमा वितरण गर्ने गरिएको छ ।

जिमूहामा विशेष गरी जनकदेव, खुमल, उज्जल, डेजिरलगायत आलुका बीउ उत्पादन गर्ने गरिएको कृषक चतुर्भुज पन्थी बताउँछन् । यहाँ उत्पादित आलु स्वादका दृष्टिले समेत उत्कृष्ट रहेकाले खरिद गर्न व्यापारी घरमै आउने गरेकाले बिक्रीका लागि समस्या नरहेको स्थानीयवासी बताउँछन् ।

अध्यक्ष कँडेल स्वयंले तीन महिनाको अवधिमा खाने आलु र बीउ आलुको बिक्रीबाटै व्यक्तिगतरुपमा सात लाख आम्दानी गरेको बताउछन् । आलुका लागि जिल्लाकै पकेट क्षेत्र मानिने उक्त ठाउँमा उत्पादन भएको आलु तथा बीउ स्याङ्जासहित भैरहवा, बुटवल, पोखरा, पाल्पा, तनहुँसम्मका स्थानमा बिक्री हुने गरेको संस्थाले जनाएको छ ।

ंबीउका लागि उत्पादन भएको आलु पछिसम्म जोगाइराख्नका लागि हामीले भैरहवामा रहेको शति भण्डारमा भण्डारण गर्छौँ’ जिमूहा कृषि उपज कृषक सहकारी संस्थाका उपाध्यक्ष चक्रपाणी कँडेलले भने, ‘शीत भण्डारमा भण्डारणका लागि मात्रै प्रतिकिलो पाँच र ढुवानी भाडा, लोड अनलोडसहित प्रतिकिलो १० खर्च लाग्छ ।’

गएको याममा संस्थाले भैरहवामा रहेको शीत भण्डारमा २०० मेट्रिक टन आलुको बीउ भण्डारण गरेको थियो । आलु लगाउने बेलामा ल्याइने बीउलाई संस्थाले मुल्य निर्धारण गरेर बिक्री गर्ने गरेको छ ।

जिमूहामा ब्यवसायिकरुपमा उत्पादित आलुको बीउको बजारीकरणमा सहयोग र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै गल्याङ नगरपालिकाले नगरका १० वटै वडामा ३० मेट्रिक टन आलु सहुलियत दरमा वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस