२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगन्ज नाकाको व्यापार घाटा दुई खर्ब ५९ अर्ब

अ+ अ-

पर्सा । देशकै प्रमुख भन्सार नाका वीरगन्जको व्यापार घाटा चालु आर्थिक वर्षको आठ महिनामा दुई खर्ब ५० अर्बभन्दा बढी पुगेको छ ।

आर्थिक वर्ष २०७४/७५ को साउनदेखी फागुनसम्मको आठ महिनामा वीरगन्ज नाकाबाट  दुई खर्ब ५८ अर्ब ९९ करोड ८८ लाख मुल्यको विभिन्न मालवस्तु नेपाल भित्रिएको छ भने सात अर्ब ८० करोड ५३ लाख मुल्यको नेपाली उत्पादन निर्यात भएको छ ।

गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यातको तुलनामा ३२ गुणा अर्थात् दुई खर्ब ५१ अर्ब १९ करोड ३४ लाखभन्दा बढीको वस्तु आयात भएको थियो ।

आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा वीरगन्ज नाकाबाट ४३ अर्बभन्दा बढी मुल्यको वस्तु आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आवमा वीरगन्ज नाकाबाट दुई खर्ब १५ अर्ब ४६ करोड ८६ लाख मुल्यको वस्तु आयात भएको थियो । चालु आवको सोही अवधिमा २० प्रतिशत बढी अर्थात् ४३ अर्ब ५३ करोड दुई लाख मुल्य बढीको वस्तु आयात भएको कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिए ।

उनले वीरगन्ज नाकाबाट चालु आवको आठ महिनामा ३२ गुणाले आयातमा वृद्धि भएको छ भने, निर्यातमा २३ प्रतिशतले कमी आएको बताए ।

गत आवको साउनदेखि फागुनसममा १० अर्ब १० करोड २९ लाखको विभिन्न वस्तु निर्यात भएको थियो । चालु आवको सोही अवधीमा २२.७४ प्रतिशत अर्थात् दुई अर्ब २९ करोड ७५ लाखको वस्तु कम निर्यात भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिए ।

नेपालमा उत्पादन भएका वस्तुको लागत खर्च बढी भएको कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेकाले निर्यातमा कमी आएको पोखरेलको भनाइ छ ।

आयात बढ्दै जानु र निर्यात घट्दै जानुको मुख्य कारण सरकारको व्यापार नीति उद्योग मैत्री नहुनु रहेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको भनाइ छ । उनले नेपाली उद्योगका लागि उपकरण तथा कच्चा पदार्थ आयात गर्दा करमा सरकारले कुनै सहुलियत नदिएको र भारतको तुलनामा नेपाली व्यापारीले महँगो व्याज दरमा ऋण लिनुपरेकाले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको बताए ।

नेपाली उद्योगका लागि उपकरण तथा कच्चा पदार्थ आयात गर्दा सरकारले करमा छुट दिए तथा सस्तो दरमा बैंकबाट ऋण उपलब्ध गराए नेपाली उत्पादनको लागत खर्च कम हुनुको साथै हाल देखिएको व्यापार घाटालाई कम गर्न सकिने अध्यक्ष शर्माको भनाइ छ । रासस

0 Comments