खेलकूद मैदान र मन्दिर निर्माण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खेलकूद मैदान र मन्दिर निर्माण


१२ चैत्र २०७४, सोमबार


म्याग्दी । म्याग्दीको रघुंगगा गाउँपालिका–३ अक्षतामा युवाको सक्रियतामा खेलकूद मैदान र देवी मन्दिर निर्माण गरिएको छ ।

सनराइज युथ क्लबको अगुवाइमा करिब १२ लाख लगानीमा देवी मन्दिर र खेलकूद मैदान निर्माण गरिएको हो । सो मन्दिर तथा खेलमैदान निर्माणका लागि चार लाख ६० हजार ४४९ संकलन भएको थियो । त्यसैगरी मन्दिर र खेलकूद मैदान निर्माणमा चार लाख २५ हजार बराबरको जनश्रमदानसमेत गरिएको क्लबका अध्यक्ष जगत भण्डारीले जानकारी दिए ।

क्लबका अनुसार, सो खेलमैदान सम्याउनको लागि डोजर खर्चमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले ३३ हजार बराबरको सहयोग गगरेका छन् । मन्दिर र खेलमैदान निर्माणमा आठ लाख तीन हजार चन्दा संकलन र श्रमदानमार्फत जुटाइए पनि अझै तीन लाख ४३ हजार ऋण रहेको क्लबले जनाएको छ ।

नवनिर्मित मन्दिरको उद्घाटन कार्यक्रमको अवसरमा शनिबार मात्रै ५० हजार थप सहयोग जुटेको छ । मन्दिर पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएपनि खेलमैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस