अनलाइन नेटवर्किङमार्फत लाखौं ठगी गर्ने बंगलादेशी र भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अनलाइन नेटवर्किङमार्फत लाखौं ठगी गर्ने बंगलादेशी र भारतीय नागरिक पक्राउ


१२ चैत्र २०७४, सोमबार


काठमाडौं । काठमाडौंमा बसेर नेपालीहरुलाई अनलाइन नेटवर्किङ व्यापारका नाममा ठग्दै आएका दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक तरसेम शर्मा रहेका छन् । उनीहरु काठमाडौं महानगरपालिका ३० वत्तिसपुतलीमा डेरा गरेर बस्दै आएका थिए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले दुवैजना ६ महिनाअघि नेपाल आएको र विश्वमा नाम चलेको भनिएको फोरेक्स इन्टरनेश्नल मनी मार्केटको एजेन्टको रुपमा काम गरिरहेको बताएका छन्।

यो कम्पनीसँगै संग्लनता रहेको वेष्टर्न एफएक्स नामको अनलाइन कम्पनी बंगलादेशमा पनि रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले बंगलादेश, क्यानाडा, अमेरिकामा कम्पनी रहेको बताउँदै अनलाइन विजनेसमा लगानी गरे २० देखि ६० प्रतिशत फाइदा हुने भन्दै रकम असुल गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

लाखौ रकम उठाएर भाग्ने योजना बनाएको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ । बंगलादेशी र भारतीय नागरिकको नेटवर्किङ अन्य नेपालीको संग्लनताको विषयमा अनुसन्धान भइरहेको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस