त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालन गर्छु– पर्यटनमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालन गर्छु– पर्यटनमन्त्री


११ चैत्र २०७४, आइतबार


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गराउने घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले एयर टूाफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर संचालन अवधि थपिने बताएका हुन् ।

‘सिङ्गल रनवे भए पनि २४ घण्टा सञ्चालन गर्न सकिन्छ । संसारमा प्रयोग भएका सबैखाले प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ । विगतमा समय थप्न सकिदैन भन्नेहरुले पनि अहिल तीन घण्टा थप्न सकिन्छ भनिसके । प्रयास गरियो भने २४ घण्टा पनि सकिन्छ’ उनले भने ‘बम्बइमा एउटा रनवे भएको विमानस्थल २४ घण्टा चल्छ भने यहाँ किन चल्दैन रु’

क्लबका सभापति ऋषि धमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कारमा मन्त्री अधिकारीले संचालन अवधि बढाएपछि अहिले भइरहेको एयर टूाफिकको समस्या कम हुने दाबी गरे । विमानस्थल संचालन अवधि बढेसँगै सहरको चहलपहल पनि बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनको भनाई छ । ‘काठमाडौंलाई पनि १८ घण्टा जागा बनाउँछु,भविष्यमा २४ सै घण्टा काठमाण्डौ खुला हुन्छ’ उनले भने। नेपालको अवाई यातायात व्यवस्थित बनाउनका लागि भइरहेका प्रयासबारे जानकारी दिदै मन्त्री अधिकारीले गौतम वुद्ध अन्तराष्टिूय विमानस्थल सन् २०१९ भित्रमा संचालनमा ल्याउने बताए ।

विमानस्थल निर्माणसँग सम्बन्धित सबै पक्षसँग सहमति भइसकेको जानकारी दिदै मन्त्री अधिकारीले द्रुत गतिमा काम सुरु भइसकेकाले सन् २०१९ भित्र संचालनमा आउने उनले बताए । पत्रकारहरुको अगाडि अधिकारीले भने, रेकर्ड गरेर राख्नुस्, सन् २०१९ भित्र गौतम वुद्ध अन्तराष्टिूय विमानस्थल संचालनमा आउँछ । त्यसपछि एयर टूाफिक कन्टूोल हुन्छ । पर्यटक आगमन बढ्छ । आन्तरिक उडान व्यवस्थित गर्नका लागि पोखरा, भैरहवा, नेपालगंज जस्ता ठाउँबाट आन्तरिक विमानस्थल सचालन गर्ने योजना आफूसँग रहेको उनले बताए ।

हवाई दुर्घटना बढेकोबारे पत्रकारको प्रश्नको जवाफ दिदै मन्त्री अधिकारीले दुर्घटनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने बताए । त्यसका साथै दुर्घटनाबारे अध्ययन गरेर कमी कमजोरी हटाइने उनको भनाई छ ।अधिकारीले भने, ‘आधुनिक प्रविधिको प्रयोग गरेर विमानस्थल सुरक्षित बनाउँछौँ । अहिले सि टु क्याटागोरीमा रहेछ । अब सि थ्री क्याटागोरीमा पुग्ने गरी काम गर्छौँ ।’

पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलको स्तरउन्नति आवश्यक रहेको औँल्याउँदै उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले २५ प्रतिशतको कूल ग्रार्हस्थ उत्पादनमा सहयोग पुर्याउन सक्ने गरी काम गर्ने बताए । सन् २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउने गरी काम गरिने उनले बताए । उनले भने , ‘अध्ययन र तथ्यलाई आधार मानेर भनेको हुँ । कम्तिमा पनि २० लाख पर्यटक आउँछन् ।’

पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदाको पुनः निर्माणलाई पनि आफूले प्राथमिकतामा राखेको उनले बताए । एक वर्षभित्रमा ९० प्रतिशत सम्पदा पुनः निर्माण सक्ने दाबी उनले गरे । मन्त्री अधिकारीले राष्टिूय संग्रहालय छाउनी र नारायणहिटी दरबार सग्रहालयलाई पनि व्यवस्थित गरिने बताएका छन् । नेपाल वायु सेवा निगमलाई पनि व्यवस्थित बनाउनका लागि अध्ययन भइरहेको उनले बताएका छन् ।

निगममा आवश्यकताभन्दा धेरै कर्मचारी रहेको पाइएको भन्दै उनले भएका कर्मचारीको व्यवस्थापनका लागि सेवा व्यवस्थित बनाउने बताए । निगममा १८ सय कर्मचारीले ३ जहाज चलाएर बसेका छन् । कतिपय देशमा १८ सय कर्मचारीले १८ वटा ठूला जहाज चलाएका छन् । हामी पनि त्यस्तै सुधार गर्छौँ । अधिकारीले भने ।अध्यागमन विभागमा हुने भ्रष्टाचार र सेटिᆰका बारेमा आफू जानकार रहेको भन्दै उनले त्यस्ता विकृतिको अन्त्य छिटै गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस