उपसभामुख तामाङविरुद्ध गृहजिल्लामा आन्दोलन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपसभामुख तामाङविरुद्ध गृहजिल्लामा आन्दोलन


११ चैत्र २०७४, आइतबार


नुवाकोट । प्रदेश नम्वर ३ की उपसभामुख राधिका तामाङविरुद्ध नुवाकोटमा विरोध भएको छ ।

तामाङले राष्ट्रिय जनावर र हिन्दु नेपालीहरुले लक्ष्मीको रुपमा मान्दैै आएको गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएको विरोधमा गृहजिल्ला नुवाकोटमा चरणवद्ध प्रदर्शन सुरु भएको छ ।

तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्ने उद्देश्यवाट प्रेरित रहेको भन्दै नेपाल विध्यार्थि संघले सदरमुकाम विदुरमा मसाल जुलुस सहित प्रदर्शन गरेका छन् ।

उपसभामुख तामाङले गाइको मासु खाएको आरोपमा पक्राउ परेका मकवानपुका तीनजना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापासमक्ष माग गर्दै गाई काट्नेलाई जेल हाल्ने कानुनी प्रावधान संशोधन हुनुपर्ने माग गरेपछि उनी विवादमा तानिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस