हँडियामा आगलागी, २५ लाख बराबरको क्षति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हँडियामा आगलागी, २५ लाख बराबरको क्षति


११ चैत्र २०७४, आइतबार


उदयपुर । घाट, चौदण्डी नगरपालिका– १० स्थित हँडियामा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान १० बजेदेखि स्थानीयवासी गणेश निरौलाका घरबाट सल्केको आगोले निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी शुरु हुनेबित्तिकै जिल्ला प्रहरी र प्रहरी चौकी हँडियाको प्रहरी शक्ति आगलागी नियन्त्रणका लागि परिचालन गरिएको छ । त्रियुगा र चौदण्डी नगरपालिकाको दमकलसमेत घटनास्थल पुगेर नियन्त्रण गर्दैछ ।

अन्य क्षेत्रमा आगो लाग्न नदिन प्रहरी, दमकल र स्थानीयवासी व्यापक परिचालन गरिएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए । निरौलाको घर पूर्ण जलेर नष्ट हुँदा २५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस