बेखबर छन् १३ हजार क्षयरोगी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बेखबर छन् १३ हजार क्षयरोगी


प्रशासन विशेष ब्युरो

११ चैत्र २०७४, आइतबार


काठमाडौं । देशव्यापी उपचार सुरु भएको २२ वर्ष बितिसक्दा पनि अझै १३ हजार क्षयरोगी उपचारको दायरामा आएका छैनन्। यसले क्षयरोग फैलिने दर घटाउन चुनौती देखिएको छ।

चिकित्सकका अनुसार एउटा क्षयरोगीले एक वर्षमा कम्तीमा १० देखि १४ जनालाई क्षयरोग सार्न सक्छ। जस्तो किटाणु बोकेको बिरामी छ उसले त्यस्तै खालको क्षयरोग सार्छ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार क्षयरोगी थपिने र झन्डै ५० प्रतिशत जनसंख्या क्षयरोगको जोखिममा छन्। नयाँ तथा पुराना क्षयरोगीको संख्या आधार मान्दा नेपालमा ६० हजार क्षयरोगी भएको आँकलन छ।

नेपालमा गत वर्ष मात्र ३१ हजार ७ सय ६४ जना क्षयरोगी उपचारको दायरामा आएका थिए। क्षयरोगीको पहिचान प्रभावकारी नहुनु, निजी अस्पतालबाट सेवा लिइरहेका बिरामीको सही आकडा सरकारले संकलन गर्न नसक्नु र उपचारमा आएका बिरामीलाई पनि टिकाउन नसक्नुजस्ता कारणले नेपालमा क्षयरोगको जोखिम कम गर्न नसकिएको हो। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस