गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


प्रशासन विशेष ब्युरो

१० चैत्र २०७४, शनिबार


सारा कुरा प्रपञ्च त्यो रचाई खोसियो ।
अधिकार मायाजालले कसाई खोसियो ।

भार भए यात छोरी कर्तव्यको निहुमा,
स्वतन्त्रता चुरा पोते लगाई खोसियो ।

बन्यौँ घर भित्रै वन्दि नाम भो देवीको,
अस्तित्व र अधिकार फकाई खोसियो ।

विकृतिको नेल हत्कडी तोड्न डराएर,
स्वाधिनता पीडा भित्र जलाई खोसियो ।

नभएका हैनन् नारी हाम्रा अधिकार,
समाजको अघि माग्न डराई खोसियो ।

प्रतिक्रिया दिनुहोस