खुशी छु तिमीलाई यो मनमा राखेर
बाँचेको छुँ आजसम्म धड्कनमा राखेर
तराजु कहिल्यै मन परेन मलाई
धन दौलतलाई मापनमा राखेर
खुकुरीको धार त्यसै बनेन महासय !
बनेको हो पोलेपछि आरनमा राखेर
हो बाँच्नुको अर्थ तब देखि बुझेको हुँ
जब बाँच्न सिकें बाहुबल घनमा राखेर
बाँचुञ्जेलको परानी हो यो जिन्दगी
कोही जान्न जिउँदै स्वर्ग धनमा राखेर
मुस्कुराउनु छ यहाँ मुस्कान छरेर
फूल जस्तो जीवन योवनमा राखेर