भारत जाने तयारीमा प्रधानमन्त्री ओली « प्रशासन
Logo १४ असार २०७९, मंगलबार
   

भारत जाने तयारीमा प्रधानमन्त्री ओली


९ चैत्र २०७४, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा यही महिना भारत भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुशार चैतको अन्तिम साताको तयारी भइरहेको छ । स्रोतका अनुशार भ्रमण २३ देखि २५ सम्म तय गरिएको छ ।

३ असोज ०७२ मा नयाँ संविधान जारीपछि पहिलोपटक प्रधानमन्त्री भएका ओली ७ देखि ११ फागुनसम्म भारतको राजकीय भ्रमणमा गएका थिए ।

दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले तीनपटक फोनबाट मौखिक निमन्त्रणा दिएका छन् भने केही दिनअघि कूटनीतिक च्यानलबाट औपचारिक पत्र पठाएका छन् ।

ओली प्रधानमन्त्री बन्नुअघि नै १८ माघमा विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रूपमा काठमाडौं पठाएर ओलीलाई निमन्त्रणा गर्दै सम्बन्ध सुधारको पहल गरेका मोदीले प्रधानमन्त्री भएपछि औपचारिक रूपमा निमन्त्रणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस