बंगलादेश आज आफ्ना नागरिकको शव लैजादै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बंगलादेश आज आफ्ना नागरिकको शव लैजादै


५ चैत्र २०७४, सोमबार


काठमाडौं । बंगलादेशले गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको यूएस बंगलाको विमानमा परी मृत्यु भएका आफ्ना नागरिकको शव सोमबार ढाका लाने भएको छ।

दुर्घटनामा मृत्यु भएका २६ जना मध्ये २३ जनाको शव आज बंगलादेश लैजान लागिएको छ भने बाँकी ३ जनाको शव सनाखत नभएकाले अझै केही दिन लाग्ने छ ।

ती शवहरुलाई बंगलदादेश आर्मी स्टडियममा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस