२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दृष्टिविहीन दाजुभाइ दिदीबहिनी, कहाँ जाला यिनको भविष्य

अ+ अ-

रोल्पा । कुनै मान्छे संसार हेर्ने दृष्टि भएर पनि दृष्टिविहीन बनेर बाँचेको हुन्छ भने कुनै मान्छे जन्मजात नै ठगिएको छ ।

ऊसँग संसार हेर्ने दृष्टि छैन तर पनि ऊ ज्ञानको आँखाले संसार हेर्न प्रयत्नशील रहेको छ । फरक यत्ति हो कि बाहिरी आँखाले भन्दा ज्ञानको आँखाले संसार हेर्न निकै संघर्ष गर्नुपर्छ । त्यो पनि दृष्टि नै नभएकालाई अझ धेरै चुनौती छ, समस्या छ ।

रोल्पामा एकै घरका दुई दाजुभाइ तथा एकै घरका दुई दिदीबहिनी दृष्टिविहीन छन् । उनीहरु चारैजनाका लागि बाहिरी संसार रातदिन अँध्यारो छ तर उनीहरु ज्ञानको आँखाले संसार उजिल्याउन चाहन्छन् ।

बालकल्याण नमूना उच्च माध्यमिक विद्यालय, लिबाङमा अध्ययनरत यी बालबालिकाले भविष्यको लक्ष्य निर्धारण गरेर अघि बढिरहेका छन् । तर यिनीहरुको आर्थिक अवस्था एकदमै न्यून छ जसका कारण शिक्षाको उज्यालोबाट संसार हेर्न निकै संघर्षका साथ अघि बढिरहनु परेको छ यिनीहरुलाई ।

माडी गाउँपालिका–३ तालाबाङ रोल्पाका १९ वर्षीय शिशिर डाँगी र १६ वर्षीय लोकेश डाँगी सहोदर दाजुभाइ हुन् । यी दुवै दाजुभाइ जन्मजात दृष्टिविहीन छन् । यिनीहरुका लागि के दिन के रात रु सधैँ संसार अँध्यारो छ । शिशिर र लोकेश कक्षा ९ मा अध्ययनरत छन् । उनीहरु अन्य सहपाठीसरह पढ्न लेख्न सक्दैनन् ।

ब्रेल लिपीको माध्यमबाट संसार चिहाउने प्रयत्नमा लागेका यी दाजुभाइलाई अन्य बालबालिकाले भन्दा बढी संघर्ष गरिरहनु परेको छ । घरको आर्थिक अवस्था एकदमै न्यून भएका कारण उनीहरुको पठनपाठनमा थप चुनौती छन् । तर पनि आँट र साहसका साथ यिनीहरुको जीवनयात्रा अघि बढिराखेको छ ।

यिनीहरु दुवै दाजुभाइ हातले छामेर भित्रबाहिर गर्छन् । अलि टाढाको यात्रामा साथीहरुको सहयोग चाहिए पनि नियमित गतिविधिमा भने आफैँले छामेर र वा घुँडा टेकेर गुजारा गर्ने गरेका छन् । विद्यालयका गुरुगुरुआमा, सहपाठी साथी तथा छात्रवासका आयाको साथ पाएका कारण उनीहरु उच्च मनोबलका साथ अघि बढिरहेको बताए । सामान्य चोटपटक दिनहुँजसो लागिरहे पनि यी दुवैले ठूलो दुर्घटना पार गरेर नयाँ जीवन पाएका छन् ।

शिशिर सानोछँदा घरको बार्दलीबाट भुइँतलामा बजारिएर उनको टाउको फुट्यो, उनी बेहोस भए । त्यस्तै, लोकेश पनि सानो छँदा बेसरी भुइँमा बजारिँदा लडेर हात भाँचिएको थियो ।

जीवनमा आउने अनेकन समस्या तथा चुनौतीबाट अविचलित रुपमा अघि बढेका शिशिर पढेर कुशल राजनीतिज्ञ बन्न चाहन्छन् । नीति निर्माण तहमा पुगेर दृष्टिविहीनका लागि नयाँ नीति निर्माण गरी कार्यान्वयन गर्ने यिनको धोको छ । त्यस्तै, लोकेश पढेर दृष्टिविहीनकै कुशल शिक्षक बनेर ज्ञानको उज्यालो बाँड्न चाहन्छन् । उनलाई संगीत क्षेत्रमा पनि उत्तिकै लगाव छ । उनी हार्मोनियम, मादल, बाँसुरी ब्यान्डबाजा बजाउन सिपालु छन् जस्का कारण विद्यालयले हरेक दिनजसो प्रार्थनाका समयमा उनलाई नै अघि सार्दै आएको छ ।

तल्ला कक्षाहरुमा प्रथम द्धितीय स्थान हासिल गर्न सफल भए पनि माथिल्ला कक्षामा भने ब्रेललिपीको माध्यमबाट पढ्दा यी दाजुभाइलाई समस्या हुने गरेको छ । उनीहरुका अनुसार ब्रेललिपीको माध्यमबाट पढ्दा अंग्रेजी, गणितको ज्यामिती, सामाजिक तथा भूगोलमा नक्सा बनाउन असहज हुन्छ ।

उनीहरुका जेठा दाजु आर्थिक अभावका कारण रोजीरोटीका लागि एसएलसी उत्तीर्ण गरेर खाडीमुलुक पुगेका छन् । आफूहरुको पनि गरिबीका कारण उच्च शिक्षामा अवरोध हुन्छ कि भन्ने चिन्ताले उनीहरुलाई थप चिन्तित बनाउन थालेको छ ।

यस्तै, विमला विक र लक्ष्मी विक एउटै आमाका सन्तान हुन् । उनीहरु पनि जन्मजात दृष्टिविहीन छन् । दलित समुदायका यी चेली हरेक कुरामा पछाडि पारिएका छन् । त्यसमा पनि दृष्टिविहीन भएर जीवन जीउनु पर्दा यिनीहरुलाई थप संघर्ष गर्नुपरेको छ ।

उनीहरुका लागि पनि रातदिन बराबार अँध्यारो छ । २० वर्षीया विमला कक्षा १२ मा अध्ययनरत छिन् । उनी नौ महिनाकी हुँदा विमलाकी आमाले बाध्यतावस दोस्रो बिहे गरिन् जसका कारण विमलाले जन्म दिएका बाबुको माया पाउन सकिनन् । तर पनि सौतेलो बुबाले उनको संसार हेर्ने सपनामा साथ दिँदै आएका छन् ।

विमला राम्रो गायक तथा कुशल कार्यक्रम प्रस्तोता बन्न चाहन्छिन् । दृष्टिविहीनका आवाज कसैले नसुन्ने भएका कारण आरजे बनेर दृष्टिविहीनका आवाज बाहिर ल्याउने उनको धोको छ ।

यस्तै, उनकी ११ वर्षीया बहिनी लक्ष्मी हाल कक्षा ४ मा अध्ययनरत छिन् । उनलाई आँखा पाएको भए बाहिरी संसार पनि देख्नेथिएँ जस्तो लाग्छ ।

दृष्टिविहीनको सेवामा संलग्न आयाका अनुसार उहाँले हेर्दैआएको छात्रावासमा १२ जना दृष्टिविहीन विद्यार्थी बसेर अध्ययन गर्दै आएका छन् । उनीहरुको स्याहारसुसार गर्न पाउँदा उहाँलाई निकै खुशी लाग्छ । काम गर्दै जाँदा यी बालबालिका आफ्नै छोराछोरीसरह लाग्न थालेको उहाँको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलका अनुसार तारा मावि, बामरुक, रोल्पाको व्यवस्थापन समितिले विशेष कक्षा आफ्नो विद्यालयमा आवश्यकता नभएको भनेर स्रोत कक्षा सञ्चालन नगर्ने निर्णय गरेपछि यी अलपत्र विद्यार्थीलाई करिब दुई वर्ष पहिलेदेखि बालकल्याण उमाविमा ल्याइएको हो जसका कारण सम्पूर्णरुपमा भौतिक संरचना अपांगमैत्री बन्न सकिरहेका छैनन् । यिनीहरुका लागि शैक्षिक सामग्री विद्यालय तथा संघसंस्थाले उपलब्ध गराउँदै आएको भए पनि पर्याप्त हुन सकिरहेको छैन ।

हाल १२ कक्षामा तीनजना दृष्टिविहीन बालबालिका अध्ययनरत छन् । १२ उत्तीर्ण हुने विद्यार्थीलाई जिल्ला बाहिरका सुविधासम्पन्न विद्यालयमा पठाउन सके उनीहरुलाई पठनपाठनमा थप सहयोग मिल्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस