घिडघिडो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घिडघिडो


प्रशासन विशेष ब्युरो

३ चैत्र २०७४, शनिबार


जिन्दगीमा धेरै पटक डिमोरलाइज हुनु पर्योउसले । परिवार, आफन्त र शुभेच्छुकहरूको जाबो दुईटा प्रश्नको जवाफजीवनको उत्तरार्धसम्म पनि सकारात्मक रूपमा दिन सकेन । ‘बिद्वान भएर के लछार पाटो लायो । त्यत्रो नामुद संस्थानमा सुब्बाबाट छिरेर उपसचिव हुँदासम्म खै के लछार्यो र उसले !’

गाउँका माइला काजीले लगाउनु गुन लगाए उसलाई । ‘दलालभो भनेर गाउँघरकाले कुरा काट्नु काटे तर यति सहयोगी मान्छेलाई किन खेदो खन्नु !’उसको निचोड थियो । हालसालै अवकाश पाएपछि उपदानमा पाएको रकम खर्लप्प हालेपछि जिन्दगी भरीको एउटा घिडघिडो पुरा गराइ दिएको थियो माइलाले । उसले पनि काठमाण्डुमा घडेरी जोडेरै छोड्यो ।

खोलाको छेउमा बाहुनबाजेले रेखीलाएझैं देखिने खेतको अढाई आने ‘रुमाल’को छेउमा उभिएर गमखाँदै सोच्यो–अब उसले जीवनमा केवल एउटा प्रश्नको जवाफदिन न बाँकी छ । ‘तपाईंले काठमाण्डुमा…….?’

Tags :
प्रतिक्रिया दिनुहोस