भारतिय सेनाद्वारा नेपाली सेनालाई ७ जोडी घोडा प्रदान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भारतिय सेनाद्वारा नेपाली सेनालाई ७ जोडी घोडा प्रदान


२ चैत्र २०७४, शुक्रबार


काठमाडौं  । भारतले नेपाली सेनालाई ७ जोडी घोडा प्रदान गरेको छ ।  चितवनको भरतपुरस्थित सैनिक ईक्वाइन बृडिङ सेन्टरमा भारतीय सेनाद्वारा शुक्रबार नेपाली सेनालाई ७ जोडी घोडा सहयोग स्वरुप प्रदान गरेको हो ।

भारतीय राजदूत मन्जिभसिंह पुरीले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई एक समारोहबीच घोडा हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधान सेनापति क्षत्रीले भारतिय सेना प्रति खुशी ब्यक्त गरेका छन् । उनले यस प्रकारको सहयोगले नेपाली सेना र भारतीय सेनाबीचको सम्वन्ध थप सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रबन्धरथी उपरथी शशिचन्द्र बहादुर सिंह, मध्य पृतना हेडक्वाटरका पृतनापति उपरथी प्रभुराम शर्मा, श्री नं. ७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रामनाथ शर्मा ढुङ्गाना लगायतको उपस्थित रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस