चितवनका २ सय ३० कर्मचारीले दिए स्वैच्छिक अवकाशका लागि निवेदन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चितवनका २ सय ३० कर्मचारीले दिए स्वैच्छिक अवकाशका लागि निवेदन


प्रशासन विशेष ब्युरो

२ चैत्र २०७४, शुक्रबार


चितवन । संघीय संरचनाअनुशार समायोजनमा जान नचाहने कर्मचारीका लागि सरकारले ल्याएको स्वैच्छिक अवकाश योजनाअन्तर्गत चितवनका दुइ सय ३० जनाले आवेदन दिएका छन् । उनीहरुले सात वर्षको एकमुष्ट पेन्सन सुविधा पाउने गरी स्वैच्छिक अवकासको लागि निवेदन दिएका हुन् । यस योजनाअनुशार सात वर्षपछि पनि नियमित निवृत्तिभरण पाइनेछ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको यस्तो निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारले उल्टाउने पो हो कि भन्ने आशंका कर्मचारीहरुमा पलाएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख शिब पन्थी र मुग्लिन नारायणगढ सडक आयोजनाका प्रमुख चन्द्र नारायण यादवले स्वैच्छिक अवकाश रोजेका छन् । स्वैच्छिक अवकाश रोज्नेमा सबैभन्दा बढी कार्यालय सहयोगी रहेका छन् । श्रेणीविहिन कर्मचारीका रुपमा रहेका ५६ सहयोगीले स्वैच्छिकक अवकाश रोजेका छन् । यस्तै तीन खरिदार र ६० नायव सुब्बाले यस योजनालाई रोजेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस