टिपरको ठक्करबाट एकजनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टिपरको ठक्करबाट एकजनाको मृत्यु


१ चैत्र २०७४, बिहिबार


बस दुर्घटना

लहान । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्वामा टिपरले आज मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतिर जाँदै गरेको स१क १७१ नं को टिपरले विपरीत दिशाबाट आउँदै गरेको स३प १४५६ नं को मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका–७ फूलबरियाका २४ वर्षीय रामप्रताप यादवको मृत्यु भएको हो ।

यादवको मिर्चैयास्थित मंगलम हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए । गम्भीर घाइते सोही ठाउँका २३ वर्षीय उदयचन्द्र यादवलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस