कैदीबन्दीको चाप बढेपछि ३० जना भीमफेदी चलान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कैदीबन्दीको चाप बढेपछि ३० जना भीमफेदी चलान


१ चैत्र २०७४, बिहिबार


चितवन । जिल्ला कारागार चितवनमा कैदीबन्दी राख्ने ठाउँको अभाव भएपछि ३० जना पुरुष कैदी बन्दीलाई भीमफेदी कारागार चलान गरिएको छ ।

कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार गर्मी बढेसँगै सुत्न र बस्न कठिन भएपछि कैदीबन्दीलाई भीमफेदी चलान गरिएको हो । कारागारको क्षमता २५५ जनाको भए पनि हाल ६०० कैदीबन्दी छन् । भवनमा सुत्ने बस्ने ठाउँ नभएर बाहिर राख्नु पर्ने, सुरक्षा दिन कठिन र कैदीबन्दीलाई असुविधा भएपछि ३० जना कैदीबन्दीलाई पठाइएको काफ्लेले बताएको छ ।

जिल्लामा गर्मी बढ्दै जाँदा रोग फैलिन सक्ने भएकाले क्षमताभन्दा साह्रै बढी कैदीबन्दी राख्न उपयुक्त नभएकाले पनि पठाइएको हो । हाल कारागारमा पुरुष कैदी २६२, पुरुष थुनुवा २८०, महिला कैदी २१, महिला थुनुवा ३३ तथा दुई नाबालक र दुईजना नाबालिका छन् ।

प्रतिक्रिया दिनुहोस