२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैदीबन्दीको चाप बढेपछि ३० जना भीमफेदी चलान

अ+ अ-

चितवन । जिल्ला कारागार चितवनमा कैदीबन्दी राख्ने ठाउँको अभाव भएपछि ३० जना पुरुष कैदी बन्दीलाई भीमफेदी कारागार चलान गरिएको छ ।

कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार गर्मी बढेसँगै सुत्न र बस्न कठिन भएपछि कैदीबन्दीलाई भीमफेदी चलान गरिएको हो । कारागारको क्षमता २५५ जनाको भए पनि हाल ६०० कैदीबन्दी छन् । भवनमा सुत्ने बस्ने ठाउँ नभएर बाहिर राख्नु पर्ने, सुरक्षा दिन कठिन र कैदीबन्दीलाई असुविधा भएपछि ३० जना कैदीबन्दीलाई पठाइएको काफ्लेले बताएको छ ।

जिल्लामा गर्मी बढ्दै जाँदा रोग फैलिन सक्ने भएकाले क्षमताभन्दा साह्रै बढी कैदीबन्दी राख्न उपयुक्त नभएकाले पनि पठाइएको हो । हाल कारागारमा पुरुष कैदी २६२, पुरुष थुनुवा २८०, महिला कैदी २१, महिला थुनुवा ३३ तथा दुई नाबालक र दुईजना नाबालिका छन् ।

0 Comments