राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्वाचित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्वाचित


३० फाल्गुन २०७४, बुधबार


काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नेकपा एमालेका नेता गणेशप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् ।

राष्ट्रियसभाको बुधबार संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले अध्यक्ष पदमा तिमिल्सिना निर्विरोध निर्वाचित भएको घोषणा गरेकी छन् । तिमिल्सेको प्रस्तावक खिमलाल भट्टराई तथा समर्थक सुमनराज प्याकुरेल र दिनानाथ शर्मा बसेका थिए ।

राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ७ बमोजिम राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन आगामी चैत ४ गतेका लागि तोकिएको छ । राष्ट्रियसभाको अर्को बैठक आगामी चैत २ गते अपराह्न ३ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस