२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक विकासका लागि ४२ बुँदे घोषणापत्र जारी

अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङका शैक्षिक संस्थालाई सिकाइ केन्द्रका रुपमा विकास गर्दै सरोकारवालाको आकर्षणको केन्द्रका रुपमा स्थापित गर्न ४२ बुँदे घोषणापत्र जारी गरिएको छ । शैक्षिक जनशक्ति विकास केन्द्रको समन्वयमा माध्यामिक तहका प्रधानाध्यापकको नेतृत्व विकाससम्बन्धी सञ्चालित दशदिने तालीमको शनिबार समापन सँगै यस्तो घोषणापत्र जारी गरिएको हो ।

समतामूलक, समावेशी र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि तालीममा सहभागी ५८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकले शैक्षिक, भौतिक र सुशासन पक्षको सुधार र विकासमा सम्बन्धित ४२ वटा बुँदालाई कार्यान्वयन गर्ने सहमति जनाए सँगै घोषणापत्र जारी गरिएको हो । स्थानीय पाठ्यक्रम प्रारुपका आधारमा स्थानीय परिवेश र आवश्यकता अनुसारको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, विद्यार्थीको स्तरअनुसार सन्दर्भ सामग्री भएको कक्षागत बुक कर्नर तथा पुस्तकालयको व्यवस्थापन गर्ने, विद्यालयमा विपद् व्यवस्थापनको योजना बनाई कार्यान्वयन गर्ने लगायतका बुँदाहरु घोषणापत्रमा समेटिएका छन् ।

यस्तै निरन्तर विद्यार्थी मूल्यांकनका मापदण्ड अनुसार पाठगत योजना निर्माण गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरी सिकाइ उपलब्धि अभिवृद्धि सुनिश्चित गर्नेसमेत उल्लेख छ । रिड नेपाल ताप्लेजुङको आयोजनामा भएको उक्त तालीम शैक्षिक जनशक्ति विकास केन्द्र, जिल्ला शिक्षा कार्यालय ताप्लेजुङ र स्थानीय सरकारको समन्वयमा सदरमुकाम फुङलिङमा सञ्चालन भएको रिड नेपाल ताप्लेजुङका कार्यक्रम संयोजक राजेन्द्र पन्तले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस