२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदबाट गायब खेलाडी : जसलाई संसद्ले ‘मिस’ गर्दै छ

अ+ अ-

काठमाडौं । अहिलेको संसद्मा पुराना दुई अनुभवी राजनीतिज्ञ छैनन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई संसद्मा ‘मिस’ गरिएको छ । बिजुक्छे पाँचपटक सांसद भए, सरकारमा कहिल्यै सहभागी भएनन् । केसी सामान्य जीवनशैली र सत्तापक्षमाथिको खरो प्रस्तुतिका कारण अघिल्ला संसद्मा चर्चामा रहन्थे । यसअघिको केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए ।

एक–दुई सिट हुँदा पनि अघिल्ला संसद्मा केही चल्तीका सांसदको तत्कालीन पार्टी अस्तित्वविहीन बने पनि आफ्नो पद जोगाएका छन् । ठूला पार्टीमा प्रवेश गरेर उनीहरू अहिले पनि सांसद बनेका छन् । अखण्ड नेपाल पार्टी गठन गरेर दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेका कुमार खड्का प्रचण्ड नेतृत्वको सरकारमा महिला, बालबालिकामन्त्रीसमेत बने । यसपटकको निर्वाचनमा थ्रेसहोल्ड लागू भएपछि निर्वाचनअघि नै उनी कांग्रेस छिरे र आमन्त्रित केन्द्रीय सदस्य बने । अहिले प्रदेश ४ को सांसद पनि छन् । संसदीय दलको नेतामा दाबेदारी गरिरहेका छन् ।

सद्भावना आनन्दीदेवीका तर्फबाट पहिलो संविधानसभामा समानुपातिक सांसद सरिता गिरी बाबुराम भट्टराई नेतृत्वको सरकारमा श्रममन्त्री बनिन्, तर बर्खास्तीमा परिन् । आनन्दीदेवीपछि श्यामसुन्दर गुप्तासँगै पार्टीमा सक्रिय रहिन् । गुप्तासँग पनि विवाद भएपछि उनले नेपाल सद्भावना पार्टी गठन गरिन् । दोस्रो संविधानसभामा चुनाव पनि लडिन्, तर जितिनन् । ०७१ फागुनमा अनिल झाको संघीय सद्भावना पार्टीसँग एकता गरेर सह–अध्यक्ष भइन् ।

त्यसपछि अनिल झाले कानुन विपरीत काम गरेको भन्दै अदालतसम्म पुगिन् । तर, मुद्दा नुटुंगिदै उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा पुगिन् । खस आर्य कोटाको पहिलो नम्बरमा समानुपातिकतर्फ सिफारिस भएकी उनी अहिले प्रतिनिधिसभामा सांसद छिन् ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि अतहर कमाल मुसलमानले कपिलवस्तु–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनाव पनि जिते । स्वतन्त्र सांसद कमाल त्यतिबेला उपराष्ट्रपतिको उम्मेदवारसमेत बनेका थिए । हिन्दू धर्म मान्ने पार्टी अखण्ड नेपालका कुमार खड्काको प्रस्ताव र क्रिश्चियन धर्म मान्ने लोकमणि ढकालको समर्थनमा कमालको उम्मेदवारी थियो । तर, पछि उम्मेदवारी फिर्ता लिए ।

संविधानसभामा स्वतन्त्र उम्मेदवारी दिएलगत्तै कांग्रेसले कारबाही ग¥यो, तर सांसद बनेपछि उनलाई कारबाहीले असर गरेन । साढे दुई वर्षजति स्वतन्त्र सांसदकै हैसियतमा काम गरे । १३औं महाधिवेशनको एक हप्ताअघि पार्टीले अनुशासनको कारवाहीबाट फुकुवा गरिदिएपछि उनी पुनः कांग्रेसमै सक्रिय रहे ।

यसपटकको निर्वाचनमा कपिलवस्तुबाटै उम्मेदवारी दिने तयारी गरे पनि दिपकुमार उपाध्याय निर्वाचन लड्ने भएपछि उनी पछाडि हटेका थिए । उम्मेदवारी दिन नपाएपछि कमाललाई सभापति शेरबहादुर देउवाले २६ मंसिरमा केन्द्रीय सदस्यमा मनोनित गरे । प्रतिनिधिसभामा समानुपातिकबाट मुस्लिम कोटामासमेत परे । उनी पहिलो संविधानसभामा कांग्रेसबाटै टिकट पाएर पनि पराजित भएका थिए ।

दुईवटै संविधानसभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट० बाट सांसद रहेकी रुक्मिणी चौधरी अहिले संसदबाहिर छिन् । तर, पार्टीभित्रको प्रभाव भने कायम राखेकी छिन् । उनको पार्टीले अपेक्षित मत ल्याउन नसक्दा संसदमा प्रतिनिधित्व हुन सकेन । अबको समय संगठन विस्तारमै खर्चिने योजना उनले सुनाई । ‘सांसद हुन चाहेको भए अन्य पार्टीमा निर्वाचन पहिला नै लाग्ने थिएँ, राजनीतिमा हावाको बगेतिर जाने मेरो सोच होइन’ चउनले भनिन्, ‘अब पार्टीको संगठन विस्तार गरी अर्को निर्वाचनको तयारी गर्ने हो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments