२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘उपचार हुन नसक्दा जिन्दगी आज हो की भोली’

अ+ अ-

फाल्गुन । दुइ वर्षअघि भालुको आक्रमणबाट धाइते भएका दिपायल सिलगढी नगरपालिका ९ मछेन्तोलाका ११ वर्षिया राजेश साउँदको उपचार हुन नसक्दा पीडादायी जिवन जिउन बाध्य छन् ।

२०७२ साल पौष १९ गते गाउँ नजिकै रहेको जंगलबाट साउँदलाई भालुले आक्रमण गरी बोकेर जङ्गलतर्फ लैजाँदै गरेको अवस्थामा स्थानीयबासिन्दाले देख्दा कोलाहल मच्चिएपछि राजेशको ज्यान बचाउन त सफल भए तर समयमै उनको उपचार हुन नसक्दा अहिले उनि निकै पीडादायी जीवन बाँचिरहेका छन् ।

भालुको आक्रमणबाट साउँदको नाकको दायाँ पट्टीको भाग पूरै खुल्ला छ । दायाँ आँखाको तल्लो परेला पनि भाँसिएको छ । निरन्तर आँशु चुहिरहने हुन्छ । अनुहार र टाउको पुरै छिया–छिया परेको छ ।

घाईते राजेशलाई उपचारका लागि त्यतिबेलै जिल्ला अस्पताल डोटी पुर्याईएको थियो तर उपचार सम्भव नभएपछि मेडिकल कलेज कोहलपुर रिफर गरिएको र कोहलपुरमा समेत राम्रो उपचार हुन नसकेपछि चिकित्सकले भारतको कुनै राम्रो अस्पतालमा लैजान भनेपछि आर्थिक समस्याका कारण उपचार गराउन नसकिएको परिवारका सदस्यले बताए ।

करिब एक महिना मात्रै खान पुग्ने जग्गा जमीन भएको बताउँदै राजेशकी आमा कित्थी साउँदले भनिन्–‘खान लाउन नै पुग्दैन, छोराको उपचार कसरी गर्ने रु’ उपचारका लागि कुन निकायसंग हार गुहार गर्ने रु आफुलाई केही थाहाँ छैन । वन्यजन्तको आक्रमणबाट घाईते हुनेहरुलाई जिल्ला वन कार्यालयबाट सामान्य उपचार खर्च पाईने भए पनि त्यो रकमले राजेशको उपचार सम्भव नभएको साउँदले बताईन् ।

निकै थोरै जमिन, सानो घर, एउटा भैंसी, दुइवटा बाख्रा र एक हल गोरु वाहेक केहि नभएको बताउँदै उनले साँझ बिहान हातमुख जोर्नै धौ–धौ भएको बताइन् ।

माईतीतर्फ पनि आमा–बुबा बितिसकेका र दाजुभाई कोहि नभएको पीडा सुनाउँदै कित्थीले छोराको बिचल्ली देख्दा मन पोल्ने भए पनि विकल्प केहि नभएको दुःखेसो गरिन् । अशिक्षाका कारण सानै उमेरमा विबाह भएकी अन्दाजी ४० वर्षिया कित्थीका पाँच छोरा र एक छोरी गरेर ६ सन्तान छन् । राजेश तेस्रो सन्तान हुन् । राजेशका बुबा टिका साउँद प्रायःजसो भारतमै मजबुरी गरेर घर खर्च चलाउने गर्छन् ।

राजेश हाल गाउँमा रहेको मस्टेश्वरी आधारभुत विद्यालयमा कक्षा २ मा अध्ययनरत छ । विद्यालयमा पनि साथि भाईले जिस्क्याउने, आँखा, नाकमा चोट लागेकै ठाउँमा चोटपटक लगाई दिने गरेको राजेशले बताए । आफ्नो विद्यालयको विद्यार्थि राजेशको अवस्था निकै टिठ लाग्दो भएपनि विद्यालयको अवस्था समेत कमजोर रहेकाले सहयोग गर्न सकिने कुनै आधार नभएको विद्यालयका प्रधानाध्यापक नरबहादुर बोहराले बताए ।

राजेशको उपचारका क्रममा लागेको खर्च र पेश गरिएका बिल भर्पाइका आधारमा जिल्ला वन कार्यालयबाट राहत प्रदान गरिसकिएकाले अब सहयोग गर्न नसकिने जिल्ला बन कार्यालय डोटीले जनाएको छ । राजेशका बारेमा सम्भावित निकायमा गुहार गरी थप उपचारका लागि पहल गरी सहयोग गरिदिन राजेशका छिमेकीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस