यातायात कार्यालयका नासु भुषाल घुससहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यातायात कार्यालयका नासु भुषाल घुससहित पक्राउ


१६ फाल्गुन २०७४, बुधबार


काठमाडौं । यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लेखनाथ भुषाल घुस लिँदालिँदै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नयाँ बानेश्वरस्थित छक्कु बक्कु पार्कबाट ३२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को दर्ता शाखामा कार्यरत भुषालले लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहानामा रकम माग्ने गरेको गुनासोको आधारमा लियन्त्रणमा लिइएको आयोगका सचिव एवं प्रवक्ता दीर्घराज मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस