पार्टि एकताका लागि गठित कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पार्टि एकताका लागि गठित कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन


१० फाल्गुन २०७४, बिहिबार


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले चैत पहिलो साता भित्र पार्टी एकताको गृहकार्य गर्न गठित कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमद दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै उक्त निर्देशन दिएका हुन् ।

एमाले माओवादी नेताहरुले फागुन ७ गते पार्टी एकताको सातबुँदे आधारमा हस्ताक्षर गरेका थिए। एमाले–माओवादीले पार्टीको संगठन र अन्तरिम विधान बनाउन दुई कार्यदल बनाएर काम गर्न निर्देशन दिएका थिए । ती दुई कार्यदलले अहिले काम गरिरहेका छन् ।

संगठन निर्माणसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, बेदुराम भुषाल र रघुवीर महासेठ छन् भने माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मातृका यादव छन् ।

यस्तै पार्टीको अन्तरिम विधान बनाउन गठित कार्यदलमा एमालेबाट माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस