विषय विवेचना : श्रृंखला ३ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विषय विवेचना : श्रृंखला ३


३ फाल्गुन २०७४, बिहिबार


सूचना तथा सञ्चार प्रविधिको विकास र उपयोगमा नेपाल

  • सूचना तथा सञ्चार प्रविधिको द्रुत प्रयोगकर्ताका रुपमा नेपाल पनि रहेको छ । NTC, GIDC, Computer Association of Nepal, SUBISU, WLINK आदिले नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकासमा उल्लेखनीय भूमिका खेलेका छन् ।
  • कम्प्युटरको प्रयोग तथा सीप अभिवृद्धिका लागि प्रारम्भमा सरकारको तर्फबाट अगुवाई भएकोमा अहिले निजी क्षेत्र प्रवर्द्धनकर्ता र सरकारी निकाय नीति तथा मापदण्डको निर्धारक र सुविधाको प्रयोगकर्ताका रुपमा रहेको छ ।
  • केही सूचना तथा सञ्चार प्रविधि संलग्न व्यवस्थापन सूचना प्रणालीहरु सफलतापूर्वक प्रयोगमा रहेका छन् । जस्तै : एकल खाता कोष प्रणाली, राजस्व प्रशासनमा प्रयोगमा रहेका प्रणालीहरु, लोकसेवा आयोगले अनलाइन फाराम भर्न प्रयोगमा ल्याएको प्रणाली ।
  • सूचना तथा सञ्चारमा प्रतिस्पर्धात्मक वातावरणका कारण उल्लेखनीय प्रगति देखिन्छ । इन्टरनेट सेवा एवं अनलाइन पद्धतिहरुमा भने जतिहुनुपर्ने विकास भएको छैन ।

प्रमुख सवालहरु

  • शासकीय प्रवन्ध र सार्वजनिक सेवा सुविधासँग कसरी ICT लाई जोड्ने
  • एकभन्दा वढी सेवा सँग सम्वन्धित सूचना तथा तथ्यांकलाई कसरी एकआपसमा जोड्ने
  • E-Government बाट E-Governance मा पुग्नुपर्ने हुँदा G2G, G2B, B2G, G2C, C2G लाई कसरी कार्यरुपमा उतार्ने ।
  • Communication infrastructure, Hardware, Software, programming, Apps development का कार्यहरुलाई कसरी आधुनिक र गतिशील वनाउने । यसमा नेपाली को भूमिका कसरी वढाउने । नेपाली मौलिक कार्यशैलीलाई कसरी प्रविधिमा समेट्ने ताकि प्रयोगको दर बढोस् र स्वामित्वभाव पनि रहोस् ।
  • नेपाललाई सूचना तथा सञ्चार प्रविधिको उद्यम र सेवा केन्द्रको रुपमा कसरी विकसित
    गर्ने ।
  • Digital divide लाई कसरी कम गर्ने । Access and capacity कसरी वढाउने ।

आगामी कार्यदिशा

  • शासकीय सुधार र सेवा प्रवाहको अनन्य औजारका रुपमा अँगाल्ने । संघीय संरचनालाई जनमैत्री वनाउने एउटा रणनीति भनेकै एकिकृत सेवा हो जसका लागि सूचना तथा तथ्यांकको सही व्यवस्थापन जरुरी हुन्छ ।
  • उपकरणहरु नेपालमै उत्पादन वा एसेम्वल गर्ने वातावरण तयार गर्ने
  • सरकारी निजी साझेदारीको वातावरण वनाई प्रयोगको दर वढाउने
  • सरकारले नीति र स्तर निर्धारण गरी अनुशासित र सुरक्षित ICT Use लाई प्रवर्द्धन गर्ने
  • सरकार, निजी क्षेत्र, नागरिक, शैक्षिक संस्थाले एकअर्काको पूरक हुनेगरी नवीन विधि र प्रविधिमा जोड दिने
  • कार्यालयमा कम्प्युटर, Internet, Database, MIS, Online system को प्रयोगलाई संस्थागत एवं सुधारात्मक मोडमा लैजाने ।
  • नयाँ संरचना र सेवा डिजाइन गर्दा नै ICT को प्रयोगलाई मध्यनजर राख्ने
  • उदाहरणीय कार्य गर्ने व्यक्ति, Firm, Office, governance unit लाई पुरस्कृत गर्ने
  • Innovation/Incubation hub सञ्चालनमा ल्याउने । Up gradation and Integration of existing systems लाई प्राथमिकता दिने ।
  • Computer, mobile, interactive platforms, internet, social media लाई सूचना सम्प्रेषण गर्ने, सिकाई प्रकृयामा सुधार गर्ने, दोहोरोपन किर्ते लगायतका जोखिम तथा अपराध न्युनिकरण गर्ने जस्तामा काममा यथाशीघ्र प्रयोगमा ल्याउने ।

र यो पनि,

विषय विवेचना : श्रृंखला १

विषय विवेचनाः श्रृंखला २

प्रतिक्रिया दिनुहोस