सिँचाइ मन्त्रालयका सचिव सवार जिप त्रिशूलीमा खस्दा ३ जना वेपत्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिँचाइ मन्त्रालयका सचिव सवार जिप त्रिशूलीमा खस्दा ३ जना वेपत्ता


२७ माघ २०७४, शनिबार


बस दुर्घटना

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदीमा सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद सवार जिप खस्दा उनीसहित तीन जना बेपत्ता भएका छन्।

कपिलवस्तुस्थित घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३ बजेतिर जीप त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र र एक जना आफन्त बेपत्ता भएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

घाइते भएका गाडीका चालक नीरन्जन यादवलाई भने उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस