२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा बाँझो राखे जरिवाना

अ+ अ-

बागलुङ । काठेखोला गाउँपालिकाले खेतीयोग्य जग्गा बाँझो राख्नेलाई जरिवाना तिराउने भएको छ। काठेखोला गाउँपालिका वडा नं ७ (साविकको रेस गाविस) ले बाँझो जग्गामा खेती गर्न प्रोत्साहित गर्ने र खेती नगर्ने जग्गाधनीलाई तीन गुणा बढी राजस्व जरिवाना तिराउने निर्णय गरेको छ।

खेतीयोग्य जमिन बाँझो रहँदा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको तथा स्थानीय उत्पादनमा गिरावट आएपछि निर्वाचित जनप्रतिनिधिको पहलमा बाँझो जमिनको उपयोग थालिएको हो। गाउँको चार सय हेक्टर बाँझो जमिनलाई आगामी दुई वर्षभित्र उत्पादनमूलक काममा लगाउने गरी काम थालिएको वडाध्यक्ष प्रेम लामिछाने बताए।

काठेखोला गाउँपालिकाले आठै वडाका बाँझो जग्गालाई उत्पादन योग्य बनाउने नीति लिएको र यसको थालनी वडा ७ बाट सुरु भएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए।

‘अन्य वडामा पनि बसाइँसराइ र युवा विदेश पलायन हुँदा थुप्रै जग्गा बाँझो रहेको पाइयो’, अध्यक्ष थापाले भने, ‘यी जग्गामा स्थानीयस्तरमा सम्भाव्य खेती गरेर उत्पादकत्व वृद्धि गर्ने र बढ्दो आयात रोक्ने गरी काम अघि बढाएका छौं।’

काठेखोला–७ ले बाँझो जग्गाको व्यवस्थापनका लागि तीन चरणमा काम गर्न नीति तय गरेको छ। ‘पहिलो चरणमा जग्गा धनीलाई असार मसान्तसम्म खेती गर्न आग्रह गरेका छौं’, वडा अध्यक्ष लामिछानेले भने, ‘यदी यो अवधिसम्म पनि बेवास्ता गरे दोस्रो चरणमा जग्गाको तीन गुणा बढी राजस्व तिराएर जरिवाना गरिनेछ।’

तीन गुणा राजस्व तिर्दासमेत जग्गा बाँझै रहेमा वडाले अधिग्रहण गर्ने र व्यावसायिक खेती गर्नेलाई हस्तान्तरण गर्ने योजना बनाइएको छ।

बाँझो जमिनमा अलैंची, अम्रिसो, केराजस्ता बहुबर्से आयआर्जनका उत्पादन पनि लगाउन सकिने वडासचिव होमनाथ शर्माले बताए।

पानीको राम्रो स्रोत भएको रेसमा मनग्य तरकारीलगायत उत्पादन गर्न सकिने भए पनि स्थानीय बासिन्दा जग्गा बाँझो राखेर बाहिरबाट आयात गरेर खान थालेको उनको भनाइ छ।

‘एकातर्फ वडा पूर्णरूपमा आयातमा निर्भर छ, अर्कोतर्फ जग्गा बाँझो बनाएर आयातको भर गर्ने बढेर गए’, सचिव शर्माले भने, ‘हामीले बाँझो जग्गाको व्यवस्थापन गरी वडालाई निर्यातमुखी बनाउने योजना बनाएका छौं।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments