प्रचण्ड र ओलीबीच छलफल सम्पन्न « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्ड र ओलीबीच छलफल सम्पन्न


२५ माघ २०७४, बिहिबार


काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष ओलीबीच छलफल सम्पन्न भएको छ । बिहिबार सम्पन्न छलफलमा राष्ट्रीय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।

पार्टी एकता प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने विषयमा उनीहरूबीच कुराकानी भएको थियो । आज को छलफल अनुसार भोली (शुक्रबार) एकता संयोजन समितिको बैठक बस्नेछ ।

एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस