२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयल निगम जग्गा खरिदमा अनियमितता : मुद्दा तामेलीमा राख्न चलखेल

अ+ अ-

काठमाडौं । इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि त्यसमा संलग्न नेपाल आयल निगमका अधिकारीहरूले उन्मुक्ति पाउन चलखेल गर्न थालेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायत अधिकारीले बिचौलियासँगको मिलेमतोमा करोडौं रुपैयाँ घोटाला गरेको भेटिएपछि कारबाहीबाट बच्न आयोगका अधिकारीलाई प्रभावित पार्ने प्रयास थालेको अख्तियार स्रोतले बताएको छ ।

आरोपित करिब तीन सयजनासँग बयान लिएर छानबिन निष्कर्षउन्मुख बनाएको अनुसन्धान टोलीले यसैसाता अख्तियार प्रमुख दीप बस्न्यातलाई ब्रिफिङ गरेको थियो । कति बिगो दाबी गर्ने निष्कर्षमा नपुगेको भए पनि भ्रष्टाचारमा संलग्नलाई मुद्दा चलाउनुपर्ने राय अनुसन्धान टोलीले प्रमुख आयुक्तसमक्ष पेस गरेको छ । अनुसन्धान टोलीले प्रमुख आयुक्तसमक्ष यस्तो राय प्रस्ताव गरेका सूचना पाएपछि खड्काले मुद्दा नचलाईकन ‘तामेली’ मा राख्न सक्रियता बढाएका हुन् ।

उच्च राजनीतिक नेतृत्व, शक्ति दलाल समूह र आयोगकै आयुक्तसँग हिमचिम भएका खड्काले प्रमुख आयुक्त बस्न्यात र अर्का आयुक्त नवीन घिमिरेलाई प्रभावित पार्ने प्रयास गरिरहेको अख्तियार स्रोतले बतायो ।खड्काले विगतमा बस्न्यात नातामा सम्धी पर्ने बताउँदै आएका थिए । अख्तियारकै अर्का आयुक्त घिमिरेसँग पनि खड्काको ‘कनेक्सन’ छ । घिमिरेलाई आयुक्त बनाउन लबिङ गर्ने शक्ति समूहले पनि खड्कालाई बचाउन सक्रियता बढाएको छ ।

खड्काले कार्यकाल सकिएर यही माघ २९ गते अवकाश हुन लागेका प्रमुख आयुक्त बस्न्यातलाई प्रभावमा पारेर मुद्दा ‘तामेली’ मा राख्न अन्तिम प्रयास गरिरहेको स्रोतको दाबी छ । ‘आयोगको अनुसन्धान टोलीले निगमलाई जग्गा किन्दा भ्रष्टाचार गरेको तीन सय पृष्ठको प्रतिवेदन तयार गरिरहेको छ,’ स्रोतले भन्यो, ‘तर, प्रमुख आयुक्तमाथि मुद्दा नचलाउन दबाब छ ।’

उक्त मुद्दा प्रमुख आयुक्त बस्न्यात र अर्का आयुक्त गणेशराज जोशीले हेरिरहेका छन् । निगमको मुद्दामा नरम देखिएका बस्न्यात अवकाश लिने बेलामा त्यसलाई टुंगाएर जाने सोचमा थिए । ‘चौतर्फी चासो भएको मुद्दा तामेलीमा राख्दा बद्नाम भइने डरले उहाँ खुल्नुभएको छैन,’ एक आयुक्तले भने । जग्गा खरिदमा खड्कालगायतले अनियमितता गरेको ठहर संसदीय समिति र विभागीय मन्त्रालयले गरिसकेका छन् ।

जग्गा खरिदमा कैफियत भेटिएपछि अनुसन्धान लम्बिएको अख्तियारले जनाएको छ । गत साउन २ मा अनियमितता सार्वजनिक भए पनि अख्तियारले अन्तिम साता अनुसन्धान अधिकृत तोकेर काम थालेको थियो । छ महिना लगाएर गरिएको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अन्तिम प्रतिवेदन तयारीमा रहेको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयले बताए । ‘अनुसन्धान टोलीले प्रतिवेदन तयार पारेपछि त्यो आयोगको पूर्ण बैठकमा चढ्छ,’ पाण्डेयले भने, ‘त्यसपछि मुद्दा चलाउने /नचलाउने टुंगो लाग्छ ।’

निगमका अधिकारीले सार्वजनिक खरिद ऐनअनुसार जग्गा खरिद गरेको बताउँदै आएका छन् । उक्त ऐनको मर्मविपरीत इस्टमेट तयार नगरी जग्गा खरिद गरिएको छ । अख्तियारसँगको बयानमा जग्गाधनीले निगमले भुक्तानी गरेभन्दा निकै कम पैसा पाएको बताएका छन् । अख्तियारले हरेक व्यक्तिले पाएको रकमसहितको विवरण तयार गरेको छ ।

जग्गा छनोट समितिमा रहेका निगमका प्रबन्धक रवीन शर्माले अख्तियारमा सेटिङ मिलिसकेको निगमकै कर्मचारीलाई बताउँदै आएको स्रोत उल्लेख गर्छ । शर्माले जग्गा खरिदमा बिचौलियासँग सेटिङ मिलाउने काम गरेका थिए । अख्तियारमा बयान दिन गएका शर्माले अख्तियारकै कर्मचारीलाई धाक दिने गरी अनौपचारिक रुपमा केस मिल्ने चुनौती दिएका दिए । खड्काले पनि आफू निगम फर्केर आउने भन्दै त्यहाँका कर्मचारीलाई त्रासमा राखेर अहिले फाइदा लिने काम गरिरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments