प्रधानन्यायाधीश पराजुलीको नागरिकता प्रतिलिपी माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीश पराजुलीको नागरिकता प्रतिलिपी माग


२१ माघ २०७४, आइतबार


काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा. गोविन्द केसी समुहले आज जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गरेको छ ।

निवेदनमा डा. केसीसहित डा. अभिषेकराज सिंह, अधिवक्ता ओमप्रकाश अर्याल, प्रकाशचन्द्र परियार, मनोजकुमार अधिकारी, प्रितम सुवेदी र सागर घिमिरेले हस्ताक्षर गरेका छन् ।

यसअघि केसीले माघ १७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएका थिए ।

केसीले निवेदनमा पराजुलीले पहिलोपटक २०३० सालमा लिएको नागरिकता, २०५३ मा काठमाडौंबाट लिएको प्रतिलिपि र २०६७ मा पुन उमेरको विवरण खुलाई लिएको प्रतिलिपिबारेका सूचना माग गरेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस