२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सांसदलाई फर्कनै हतार

अ+ अ-

हेटौंडा । अस्थायी राजधानी हेटौंडा तोकिएसँगै प्रदेश ३ का सांसदहरू तामझामसाथ पहिलो दिन शपथ लिन यहाँ आए । रसुवादेखि पूरै एक दिन खर्चेर आएकाहरू मात्र होइन, निकै पर्खाइपछि शपथ लिन पाउँदा सबै दंग देखिन्थे । माघ ७ गते शपथका दिन अधिकांश परिवारै लिएर आएका थिए । रमाइलो गरे, फोटो खिचे ।

उनीहरूलाई त्यस रात होटलहरूले निस्शुल्क बास दिए । जिल्ला समन्वय समितिले खाना खुवायो । ‘पाहुना’ बनेर बस्नपाए । कतिपय सांसद आफ्नै समुदायको चिनारी झल्कने पोसाकमा थिए । शपथको अघिल्लो दिन आए, भोलिपल्टै आ–आफ्ना जिल्ला फर्किए ।

दोस्रो पटक प्रदेशसभाको बैठकमा भाग लिन १८ गते आउँदाको दृश्य भने फरक थियो । केही सांसद अघिल्लो दिनै आए । कोही भने त्यही दिन । कोही त बैठक चलिरहँदा हस्याङफस्याङ गर्दै छिरिरहेका देखिन्थे । दोस्रो पटकै उनीहरूमा उत्साह सेलाएको देखिन्थ्यो । न सुरु दिनजस्तो कोही जातीय पहिरनमा देखिए, न ध्यान दिएर बैठकमै अडिए । बरु अधिकांशलाई फर्किनै हतारो देखियो  । एक घण्टा नबित्दै बैठक सकियो । अधिकांश सांसद बैठक हलबाट सीधै बसपार्कतर्फ हान्निए । निजी सवारीसाधनमा आएकाहरू गाडी लिएर सरासर गन्तव्यतर्फ लागे ।

‘अहिले हेटौंडा बसेर कामै छैन, आफ्नो क्षेत्रमा जनताको कुरा सुन्न पाइन्छ,’ रसुवाका सांसद प्रेम तामाङले भने, ‘त्यही भएर बैठक सकिएपछि फर्किने हतार भएको हो, प्रदेश सरकार बनेपछि हेटौंडामै बसेर जनताका गुनासा सुन्नेछु ।’ उनका अनुसार रसुवाबाट हेटौंडा आउन ८ घन्टा लाग्छ । जिल्लाबाट निर्वाचित तथा समानुपातिक सांसदमध्ये केहीको बसाइ काठमाडौंमा छ । गृहजिल्लाभन्दा उनीहरू काठमाडौंबाटै बैठकमा भागलिन आउँछन् ।

काभ्रेका ५ प्रदेश सांसद भने हतारिँदै हेलिकप्टर चढेर जिल्लाको महाभारत गाउँपालिकाको कार्यक्रममा सहभागी हुन पुगे । उनीहरूलाई त्यहाँ सम्मान गर्ने कार्यक्रम थियो । बैठक सकिनासाथ हेटौंडा–११ स्थित ३ नम्बर प्रदेश प्रहरी कार्यालयमा तयारी अवस्थामा रहेको हेलिकप्टर चढेर उनीहरू उडे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल आउने कार्यक्रम भएको र उनलाई ल्याएको हेलिकप्टर आफूहरूलाई लिन आएको प्रदेश सांसद रत्न ढकालले बताए । ‘संसदको बैठक सुरु हुनुभन्दा अगाडि तय भएको कार्यक्रम थियो,’ अर्का सांसद लक्ष्मण लम्सालले भने, ‘त्यही भएर प्रदेशसभाको बैठक सकिनासाथ हामी उडेका हौं ।’

उनले प्रदेशको राजधानी ‘सर्न सक्ने’ भएकाले आफूले डेरा लिएर बस्ने योजना नबनाएको बताए । ‘जनतालाई पायक पर्ने ठाउँमा राजधानी हुनुपर्छ, कामचलाउ सरकारले हचुवाका भरमा निर्णय गरेको हो,’ लम्सालले भने, ‘कोठा लिने कुरै भएन, प्रदेश राजधानी परिवर्तन हुन्छ ।’ अन्यले पनि कोठा खोज्ने जाँगर चलाएका छैनन् । २७ गते सभामुखको निर्वाचन हुँदै छ । त्यसका लागि प्रदेश सांसद अनिवार्य रूपमा आउनुपर्ने हुन्छ । तर यहीं बस्ने गरी भने आएको कोही भेटिएनन् । अझ बिहान आएर बेलुका फर्किनेको संख्या बढी छ ।

प्रदेश राजधानी सर्छ भन्ने आसमा अधिकांशले कोठा खोज्न जाँगर नचलाएका हुन् । प्रदेशअन्तर्गत २ वटा कार्यालय स्थापना भइसकेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना गरिएको छ । केही सांसदले भने सडकको अवस्थाले पनि समस्या हुने गरेको गुनासो गरे । बाटो साँघुरो, जाममा बढी समय खर्च हुने भन्दै समयमै आउन र फर्किन समस्या हुने गरेको उनीहरूले सुनाए ।

मकवानपुरका सांसदले प्रदेशको राजधानी यहीं हुने दाबा गरिरहे पनि अन्य जिल्लाकाहरू सर्छ भन्ने मनस्थितिमा छन् । ‘अन्य जिल्लाका साथीले अस्थायी राजधानी भए पनि यहीं आएर बस्छौं भनेका छन्,’ मकवानपुरको माओवादीकी प्रदेश सांसद कुमारी मुक्तानले भनिन्, ‘मलाई कोठा खोज्न भनेका छन्, बिस्तारै सबै यतै आएर बस्ने छन् ।’ प्रदेश बैठकमा यहाँ खासै चहलपहल देखिएन । बजारवासीले सांसद कति खेर आए, गए पत्तोसम्म पाएनन् ।

प्रदेश ३ मा १३ जिल्ला छन् । ८ पार्टीका १ सय १० जना सांसद छन् । तिनमा एमालेबाट ५८, माओवादी केन्द्र २३, कांग्रेस २१, विवेकशील साझा ३, नेपाल मजदुर किसान पार्टी २, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र नयाँ शक्तिबाट १र१ जना छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments