मुख्यमन्त्रीको कार्यालयमा सर्दै क्षेत्रीय प्रशासक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुख्यमन्त्रीको कार्यालयमा सर्दै क्षेत्रीय प्रशासक


१२ माघ २०७४, शुक्रबार


काठमाडौं । सरकारले प्रदेश मन्त्रिप्ररिषद् तथा मन्त्रीको कार्यलयको प्रशासनिक सरंचना बनाएको छ । यसअनुसार पाँच विकास क्षेत्रका क्षेत्रीय प्रशासक प्रदेश मन्त्रिपरिषद् तथा मुख्य मन्त्रीको कार्यलयमा सचिवमा खटिएका छन् । प्रदेश १ र ५ मा भने सरकारले काठमाडौंबाट पठाएको हो भने अन्य प्रदेशमा क्षेत्रीय प्रशासकलाई प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको सचिवमा खटाएको छ ।

सरकारले प्रदेश १ मा यादव कोइराला र ५ नम्बर प्रदेश्मा शकंर पाठकलाई खटाएको छ । धनकुटाका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह प्रदेश २ को मुख्य मन्त्रीको कार्यालय जनकपुरमा, हेटौडाका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, प्रदेश ३ प्रमुखको मुख्यमन्त्रीको कार्यालय हेटौंडामा र पोखराका क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रदेश ४ मुख्य मन्त्रीको कार्यालयमा सर्ने भएका छन् ।

यसैगरी सुर्खेतका क्षेत्रीय प्रशासक सुरेश प्रधान प्रदेश ६ को मुख्यमन्त्रीको कार्यलयमा जाने भएका छन् । यसैगरी दिपायलका प्रशासक लक्ष्मीराज पौडेल प्रदेश ७ को मुख्यमन्त्रीको कार्यालय धनगढी सर्ने भएका छन् । प्रदेश मन्त्रिपरिषद् तथा मुख्य मन्त्रीको कार्यालयमा खटिने कर्मचारीको संख्या प्रदेश अनुसार फरकफरक रहेको युवा तथा खेलकुदमन्त्री राजन केसीले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस