२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४३ सिटमा वाम गठबन्धनको भागबन्डा : एमालेका २९, माओवादीका १४ उम्मेदवार

अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा एमाले र माओवादीले ४३ सिटमा साझा उम्मेदवार उठाउने समझदारी गरेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको वाम गठबन्धन कार्यदल बैठकले ४३ सिटको भागबन्डा टुंगो लगाउँदै साझा उम्मेदवारी दिने निर्णय गरेको हो । यसको अन्तिम छिनोफानो भने शीर्ष नेताहरूले लगाउनेछन् ।

सातवटै प्रदेशमा दुवै दलले प्रदेश सभा र स्थानीय तहमा जितेको सिटसंख्या र मतपरिणामलाई मुख्य आधार मानेर सिट बाँडफाँडको निर्णय भएको एमाले नेता सुरेन्द्र पाण्डेले बताए । कार्यदलले सिट बाँडफाँडका लागि निर्वाचनमा प्राप्त परिणाम, पार्टी एकताको स्पिरिट, सम्भावित उम्मेदवारको व्यक्तित्व र कार्यक्षमता तथा सन्तुलन र समावेशितासहित चारवटा मापदण्ड बनाएको थियो । २४ माघका लागि घोषित राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले १० माघमा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

कार्यदलले मधेसकेन्द्रित दलसहित अन्य पार्टीसँग पनि छलफल गरेर बाँकी १३ सिटको उम्मेदवारी टुंगो लगाउने भएको छ । जित्ने निश्चित सिटमा मात्र भागबन्डा गरेका दुई दल अन्य साना दलसँग समेत छलफल गरेर बाँकी सिटको उम्मेदवारी टुंगो लगाउने निष्कर्षमा पुगेका हुन् । ‘अरू पार्टीसँग पनि छलफल गरेर बाँकी सिटमा उम्मेदवारी टुंगो लगाउँछौँ,’ बैठकपछि कार्यदलमा एमालेतर्फका संयोजक सुवास नेम्वाङले भने, ‘सिट बाँडफाँडसहित छलफलको निष्कर्ष पार्टी एकता संयोजन समितिको बैठकमा सुझाब प्रतिवेदन पेस गर्नेछौँ ।’ एमाले अध्यक्ष केपी ओली बिहीबार स्वदेश फर्किएलगत्तै प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ । राजमो, नेमकिपा, नयाँ शक्ति, साझा विवेकशीललगायतका साना दल र स्वतन्त्रबाट जितेका प्रतिनिधिसँगसमेत छलफल गरेर सहयोग लिने वाम गठबन्धनको रणनीति छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments